पत्रकार भन्दै ठगी गर्ने दुई जना पक्राउ

पत्रकार भन्दै ठगी गर्ने दुई जना पक्राउ

  • भाद्र ८, २०७८ मंगलवार
  • १९:०८:२४ बजे
  • 3.2K
    SHARES
  • पत्रकार भन्दै ठगी गर्ने दुई जना पक्राउ

    सुर्खेत :  आफूलाई पत्रकार बताउँदै ठगी गरेको आरोपमा प्रहरीले सुर्खेतबाट दुई जनालाई पक्राउ गरेको छ । धर्मेन्द्रबहादुर शाही र राजेन्द्र विकलाई मंगलबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।

    उनका अनुसार आफ्नो कम्पनीमा शेयर खुलेको भनेर केही व्यक्तिलाई ठगी गरेको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो । दुवै जनाले अनलाइन न्युज पोर्टल ‘सुर्खेत न्युज २४ डटकम’को पत्रकार भनेर परिचय दिएका छन् ।

    शाही उक्त अनलाइनको प्रकाशक र विक उपाध्यक्ष रहेको प्रहरीले जनाएको छ । ‘उनीहरुले आफ्नो कम्पनीमा शेयर खुलेको भन्दै ठगी गरेको पाइएको छ,’ डीएसपी घर्तीले भने, ‘पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको छ ।’

  • सम्बन्धित विषय:

  • # पत्रकार
  • # ठगी गर्ने
  • # पक्राउ

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार