अन्तर्वार्ता

‘पत्रकार भवन नयाँ पुस्ताले चूनौतीलाई अवसरमा बदल्न सक्षम भएको उदाहरण हो’

‘पत्रकार भवन नयाँ पुस्ताले चूनौतीलाई अवसरमा बदल्न सक्षम भएको उदाहरण हो’

  • पौष १, २०७७ बुधवार
  • ११:२३:०२ बजे
  • 4.7K
    SHARES
  • ‘पत्रकार भवन नयाँ पुस्ताले चूनौतीलाई अवसरमा बदल्न सक्षम भएको उदाहरण हो’

    नेपाल पत्रकार महासंघ बागलुङ शाखाको स्थापना भएको २० वर्ष पुगेको छ । २०५७ सालमा विदुर खड्काको नेतृत्वमा गठन भएका तत्कालिन पत्रकार महासंघ धौलागिरि शाखाले केन्द्रबाट मान्यता पाएपछि बागलुङमा पत्रकार महासंघको संस्थागत अभ्यास र विकास सुरु भएको हो ।

    एउटा झोलामा कागजपत्र बोकेर भाडाको कोठा हुँदै अगाडी बढेको पत्रकार महासंघ बागलुङ अहिले एक करोड बढि खर्च गरेर निर्माण गरेको आफ्नै भवनमा छ । विभीनन निकाय र नागरिक तहबाट सहयोग संकलन गरी निर्माण गरिएको भवनको मंगबालबार गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरेका छन् ।

    प्रस्तुत छ, पत्रकार महासंघको संस्थागत विकास, बागलुङको पत्रकारिता र भवन निर्माण सम्बन्धमा महासंघ बागलुङका अध्यक्ष दिल शिरीषसंग गरेको कुराकानी :

    नेपाल पत्रकार महासंघ तत्कालिन धौलागिरी शाखा अहिलेको बागलुङ शाखा स्थापनाको २० वर्ष पुगेको छ । यो अवधीमा पत्रकारिता र पत्रकारको विकासलाई कसरी हेर्नुहुन्छ ? 

    २००८ सालमा हस्तलिखित पत्रिका प्रकाशनसँगै आरम्भ भएको धौलागिरीको पत्रकारिता धेरै उतार चढाव र संर्घषका बीच आजको दिनसम्म आइपुगेको छ । मिसन पत्रकारिता होस् या युद्ध पत्रकारिता, अग्रगामी कदमका पक्षमा हाम्रा अग्रजहरुले धेरै कठिन अवस्थामा पनि पत्रकारितालाई निरन्तरता दिनु भो ।

    पत्रकारितासँगै पत्रकार महासंघ पनि धेरै कठिन दिनहरु पार गर्दै अहिलेको अवस्थामा आएको हो । अहिले पत्रकारको संख्या मात्रै बढेको छैन, व्यावसायिक पत्रकारिताको गुणस्तरमा पनि उल्लेख्य प्रगति भएको छ । पत्रकार महासंघ पनि संस्थागत विकासका हिसाबले केही सुखद अवस्थामा छौ । 

    पहिलेको पत्रकारिताबाट के सिक्न सकिन्छ ?

    त्यो पुरोना व्यवस्था, त्यस बेला स्वतन्त्र समाचार लेखनमा लगाउने अकुंश, सामाजिक चेतना जागरणको अवस्था पनि उस्तै । त्यस समयमा पनि अग्रज पत्रकारहरुले अविचलित रुपमा पत्रकारिता गरेर सामाजिक उत्तरदायित्व निर्वाह गरेको बिषय हाम्रा लागि ठूलो पाठ, प्रेरणा, उर्जा र सिकाई हो । 

    महासंघको संस्थागत विकास क्रमलाई हेर्दा के पाउनुहुन्छ ? 

    पत्रकार महासंघको सुरुवाती दिन अलि अस्वस्थ प्रतिस्पर्धा जस्तो देखिन्छ । तदर्थ समिति पटक पटक बने पनि एक अर्काको अस्तित्व स्वीकार नगर्ने, राजनीतिक प्रतिशोधले निषेध गर्ने प्रवृत्तिले महासंघले गति लिन सकस थियो ।

    समयक्रमसँगै व्यवस्था पनि फेरिदै आयो । हामी भित्रका गलत सोच, विचार र चिन्तनहरु पनि हट्दै गयो । र अहिले सहज व्यवस्था र परिवेशमा हामीलाई पत्रकारिता गर्न फराकिलो आँगन छ । 

    २० वर्षको अवधीमा पत्रकार महासंघ बागलुङको आफ्नै घर छ । यो कसरी सम्भव भयो ? 

    यो धेरै चूनौतिपूर्ण काम थियो र हरेक नेतृत्वले प्रयास गर्दा पनि सम्भव भएको थिएन । तर, मुकेशचन्द्र राजभण्डारी अध्यक्ष र म सचिव रहेको अघिल्लो कार्यसमितिले कार्यकालको अन्तिम समयमा जग्गा व्यवस्थापन गर्न सफल भयौ । यद्यपी, भवन निर्माणको पुरापुर दायित्व मेरो नेतृत्वको कार्यसमितिको काँधमा आयो ।

    यसका लागि हाम्रो पुरै नयाँ पुस्ताको टीम थियो । मैले भवन निर्माणको अभियानका लागि एउटा नारा बनाए–‘हामी सबैको रहर, पत्रकार महासंघ बागलुङको घर’ । यो अभियान विशेष तयारी र योजना सहित आक्रामक रुपमा सुरु ग¥यौ ।

    पहिलो दिनमै पाँच लाख बढी रकम संकलन गरियो । त्यसपछि देश विदेशबाट अभूतपूर्व साथ, सहयोग प्राप्त भयो । यो नागरिक स्तरमा स्वतःस्फुर्त चलेको अभियानबाट एक करोड बढी संकलन भयो । र सुविधा सम्पन्न भवन निर्माण कार्य सम्भव भयो । 

    म र मेरा नयाँ पुस्ताका साथीहरु महासंघको नेतृत्वको दाबेदारीमा हुँदा हामी माथि भवन निर्माण, यसका लागि ठुलो रकम  संकलन गर्नुपर्ने छ, यिनलाई आम नागरिकले विश्वास र भरोसा गर्दैनन्, अपरिपक्व छन् भन्ने ठुलो आरोप र आंशका अग्रजहरुको थियो ।

    तर, हामीले आफ्नो जिम्मेवारी चूनौतिलाई अवसरमा बदलेर देखाउन सफल भयौ । गाउँबाट शहर झरेर पत्रकारितामा संर्घषरत म र मेरो टीमले त्यतिबेला त्यो आरोप र आशंका प्रत्यक्ष परोक्ष सुने पनि चुपचाप रह्यौ । त्यो मेरो क्षमता, हैसियत माथिको प्रश्न मात्रै थिएन ।

    नयाँ पुस्ता प्रतिको विश्वास र भरोसा माथिको प्रश्न, आशंका र संशय पनि थियो । तर, मलाई के विश्वास थियो भने सबैको प्रश्नको जवाफ तत्काल दिन जरुर हुँदैन । कति प्रश्नको जवाफ समय आफैले दिन्छ ।

    मलाई लाग्छ, अहिले त्यो आरोप र आंशका गर्नेहरुलाई हामीले सुविधा सम्पन्न भवन निर्माण गरेका छौ । आजको समयले आफै जवाफ दिएको छ । यो नयाँ पुस्ता हर चूनौतीलाई अवसरमा बदल्न सक्षम छन् भन्ने उदाहरण हो ।

    तपाई अध्यक्ष हुँदै गर्दा सबैभन्दा ठूलो चूनौती भवन निर्माणलाई देखाईएको थियो । त्यो बेला र यो बेलाको प्रतिक्रिया कस्तो पाउनुहुन्छ ? आफ्नै मनमा पनि त्यो बेला र त्यो बेला के कुरा खेल्छन् ? 

    म र मेरा नयाँ पुस्ताका साथीहरु महासंघको नेतृत्वको दाबेदारीमा हुँदा हामी माथि भवन निर्माण, यसका लागि ठूलो रकम  संकलन गर्नुपर्ने छ, यिनलाई आम नागरिकले विश्वास र भरोसा गर्दैनन्, अपरिपक्व छन् भन्ने ठूलो आरोप र आंशका अग्रजहरुको थियो ।

    तर, हामीले आफ्नो जिम्मेवारी चूनौतिलाई अवसरमा बदलेर देखाउन सफल भयौ । गाउँबाट शहर झरेर पत्रकारितामा संर्घषरत मैले त्यतिबेला त्यो आरोप र आशंका प्रत्यक्ष परोक्ष सुने पनि चुपचाप रहे ।

    मलाई के विश्वास थियो भने सबैको प्रश्नको जवाफ तत्काल दिन जरुर छैन । कति प्रश्नको जवाफ समय आफैले दिन्छ । मलाई लाग्छ अहिले त्यो आरोप र आंशका गर्नेहरुलाई समयले जवाफ दिएको छ ।

    महासंघको भवन निर्माणलाई एक छेउतर्फ राखेर तपाईको कार्यकाललाई नियाल्दा के के गर्न सके जस्तो लाग्छ ? 

    यो महत्वपूर्ण प्रश्न सोध्नु भो । जिल्ला पत्रकार महासंघको संस्थागत विकासका लागि भवन निर्माण महत्वपूर्ण रह्यो । तर, महासंघको प्राथमिकताको सवाल र भूमिका श्रमजिवि पत्रकार ऐन कार्यान्वयन, पेशागत सुरक्षा, पत्रकार क्षमता विकास लगायतमा हुनुपर्छ ।

    यो पाटोमा पनि हामीले काम गरेका छौ । पत्रकार महासंघमा शुद्धिकरण सुरुवात, कार्यकालको दोस्रो वर्षलाई तालिम वर्षको रुपमा मनाएर गाउँ तह सम्म विषयगत तालिम आयोजना गर्न सफल भयौ । २०६९ सालमा स्थापना गरिएको ५० हजार रुपैयाँको पत्रकार हित कोषलाई कोरोना कहरका बीच एक लाख पु¥यायौं ।

    हामीले भवन निर्माण मात्र गरेनौ, यसभित्र आवश्यक अपरिहार्य समय सापेक्ष पूर्वाधार र सामग्री पनि जोड्यौ । यसको उदाहरण महासंघ भवनको आधुनिक सूचना केन्द्र हो । प्रभू बैंक सँगको सहकार्यमा यसको निर्माण कार्य अन्तिम चरणमा छ । समग्रमा म आफ्नो कार्यकालबाट सन्तुष्ट छु । 

    अध्यक्ष हुँदै गर्दा आफुले आफैसंग गरेका र यहाँका पत्रकारसंग गरेको संकल्पहरु कति पूरा गर्न सकियो कति बाँकी छन् जस्तो लाग्छ ?

    चार वर्ष अघि सचिवबाट अध्यक्षको उम्मेदवार आंकाक्षी हुँदै गर्दा निश्चय मेरा पत्रकारबीचमा केही प्रतिवद्धता र संकल्प थिए ।

    पहिलो पत्रकार महासंघ भवन निर्माण, दोस्रो आधुनिक सूचना केन्द्र निर्माण, तेस्रो ५० हजारको पत्रकार हित कोषलाई वृद्धि गर्ने, चौथो श्रमजिवी पत्रकार ऐनको कार्यान्वयनलाई जिल्ला तहमा पनि प्रभावकारी बनाउने, पाँचौ पत्रकारको क्षमता विकास कार्यक्रम सञ्चालन गर्ने, छैठौ धौलागिरीको पत्रकारिताको एउटा ऐतिहासिक दस्तावेजको रुपमा रहने पुस्तक प्रकाशन गर्ने । य

    समा अधिकांश पुरा भए, अब निकट समयमै धौलागिरीको पत्रकारिताको खोज अनुसन्धान सहितको ‘पत्रकारितामा धौलागिरी’ नामक पुस्तक प्रकाशन गर्ने तयारीमा छौँ । 

    महासंघको सदस्यता सुद्धिकरणको कुरा पनि छ । कसरी अगाडी बढ्दै हुनुहुन्छ ? 

    पत्रकार महासंघको शुद्धिकरण अभियान साहसका साथ सुरु ग¥यौ । जस अन्र्तगत ४४ जनाको सदस्यता नविकरण गरेनौ ।

    निस्क्रिय भएका, जनप्रतिनिधि, पार्टीका केन्द्र, प्रदेश र जिल्लाका पदाधिकारी नेता, निजामति कर्मचारीको खारेजी, पहिले सक्रिय हाल निस्क्रिय भएकालाई मानार्थका लागि सिफारिस र विदेश गएकाहरुको सम्बन्धित देशमै स्थान्तरण गर्ने बोल्ड निर्णय ग¥यौ ।

    जसका कारण आजको दिनसम्म आक्रोश र दबाब झेल्नुपरेको छ । अब यसलाई निरन्तरता दिँदै पत्रकार महासंघलाई व्यावसायिक पत्रकारकै छाता र साझा संस्थाको रुपमा विकास गर्ने मुख्य लक्ष्य छ । 

    मालिक र श्रमजिवि पत्रकार एकै ठाउँ सदस्य हुँदा श्रमजीवीको आवाज हुनुपर्ने जति मुखरित हुन सकेन भन्ने पनि छ नि ?

    यसमा आंशिक सत्यता छ । तर, हामीले बुझ्नुपर्ने के छ भने हाम्रो जस्तो जिल्लामा बढी स्वरोजगारमूलक मिडिया छन् । यसले केही समस्या र संकट अवश्य सिर्जना गरेको छ ।

    यसमा अब पत्रकार स्वयम् पनि सचेत, शिक्षित र सक्षम हुन सक्नुपर्छ । मालिकका अघि नतमस्तक हुने प्रवृत्तिले पत्रकारिता मात्रै होइन, हर क्षेत्रमा समस्या पैदा गर्दछ । 

    जिल्लाको पत्रकारिताबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ ? अझ के गर्नुपर्ने छ ? 

    हाम्रो जिल्लाको पत्रकारितामा व्यावसायिक पत्रकारिताको अभ्यास बढ्दो छ । विगतको तुलनामा उल्लेख्य सुधार भएको पनि छ ।

    तर, म सन्तुष्ट छैन । हामीले उपर्युक्त वातावरण, क्षमता विकासका लागि अथक प्रयास गरे पनि अझै खोज अनुसन्धान र सिर्जनशीलता पत्रकारितामा पाइरहेका छैनौ ।

    कोरोना महामारीको चपेटामा सबै क्षेत्र छन् । यस्तो बेला पत्रकार र पत्रकारिता जोगाउन के भूमिका खेल्नुभयो ? अब महासंघ, पत्रकार स्वयं र सञ्चारमाध्यमले के गर्नुपर्छ ? 

    कोरोनाले हर क्षेत्र संकटमा छ । तर, मिडिया र मिडियाकर्मी यो जोखिमबाट भाग्ने होइन, यसको सामना गर्ने हो । यसर्थ, फ्रन्टलाइनमा खटिएका पत्रकारलाई स्वास्थ्य सुरक्षा सामग्री देखि कोरोना बीमा ग¥यौ । स्थानीय सञ्चार माध्यमको सवलिकरणका लागि स्थानीय तहसँग छलफल ग¥यौ ।

    अब महासंघ या स्वयम् पत्रकार र सञ्चार माध्यमले अझै समाचारमा विविधता, अब कोरोना पछिको चुस्त योजना ल्याउनुपर्छ । 

    सर्वसम्मत नेतृत्व सम्हाल्ने भाग्यमानी अध्यक्ष पनि हुनुहुन्छ । अब महासंघको संस्थागत विकास र पत्रकार तथा पत्रकारिताको विकासका लागि कसरी अगाडी बढ्दा उपयुक्त होला ? 

    मलाई भाग्यमा विश्वास छैन । भलै समय, परिस्थिति, भूमिका, अवसरले भाग्यमानी बने । मलाई कम उमेरमै यति ठूलो जिम्मेवारी निर्वाह गर्ने गौरवमय अवसर मिल्यो ।

    मैले हर सम्भव आफ्नो जिम्मेवारी इमान्दार पूर्वक निर्वाह गर्ने प्रयास गरे । मेरो मुंल्याकनको जिम्मा हाम्रा प्रिय पत्रकार, अग्रज र नागरिक समाजलाई छोड्छु ।

    अबका दिनमा महासंघलाई  समय सापेक्ष संस्थागत गर्दै थप सशक्त, पत्रकारलाई थप सक्षम र स्थानीय सञ्चार माध्यमलाई सबल बनाउन पहल, समन्वय र दबाबमूलक भूमिका निर्वाह गर्नुपर्छ । 

    अन्तमा भन्नैपर्ने केही छुटेका छन् की ?
    पछिल्लो कार्यकालमा जे जति काम र उपलब्धी हासिल गरेका छौ । त्यो सामुहिक प्रयासको उपज हो । नयाँ पुस्ताको गति, लय, लबज सबै मिलेकाले काम गर्न सहज भयो । एक करोड बढीको भवनदेखि अरु सबै काम गर्ने

    क्रममा अधिकांश सहयोग गर्ने भेटिए, सहयोग नगर्नेहरुले पनि हाम्रो भूमिका, इमान्दार प्रयास र पवित्र उद्धेश्यका कारण असहयोग गरेनन् । यो नै हाम्रा लागि ठूलो उत्साहको विषय बन्यो ।

    सम्बन्धित समाचार