स्वास्थ्य कार्यालयको कामबारे पत्रकारसंग अन्तरक्रिया 

स्वास्थ्य कार्यालयको कामबारे पत्रकारसंग अन्तरक्रिया 

  • श्रावण १, २०७८ शुक्रवार
  • १३:४०:५४ बजे
  • 3.0K
    SHARES
  • स्वास्थ्य कार्यालयको कामबारे पत्रकारसंग अन्तरक्रिया 

    बागलुङ : स्वास्थ्य कार्यालय बागलुङले आर्थिक वर्ष २०७७/०७८ मा सम्पन्न गरेका योजना तथा कार्यक्रमहरु बारेमा अन्तरिक्रया गरिएको छ । 

    कार्यालय बिहीबार पत्रकारहरसंग कार्यालयले सम्पादन गरेका गतिविधि बारेमा अन्तरिक्रया गरेको हो । पछिल्लो समय आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने जिम्मेवारी स्थानीय तहको भएका कारण अहिले स्वास्थ्य कार्यालय समन्वयकारी भूमिकामा मात्रै रहेकाले धेरै योजना कार्यक्रम नभएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले बताए ।  ‘हामीले अहिले धेरै कार्यक्रम सञ्चालन गर्दैनौं, जनशक्ति अधिकाँस कार्यक्रमहरु पनि स्थानीय तहमा गएका छन्,’ उनले भने,‘अधिकांस कार्यक्रम समन्वय गर्नेमा मात्रै छ । कोभिडका कारण संकट भएपछि हामीले सम्पादन गर्नुपर्ने कामहरुमा पनि प्रभाव परेको छ ।’

     उनले स्वास्थ्य कार्यालय बागलुङले आर्थिक वर्ष २०७७÷०७८ मा ६७ प्रतिशत आर्थिक र ६८ प्रतिशत भौतिक प्रगति भएको उनले जानकारी गराए ।

     ‘कोरोनाका कारणले गर्दा हाम्रो पनि कार्यालयका काम प्रभावित भएका छन्,’ उनी भन्छन्,‘विशेषगरी जनता माझमा गएर सम्पादन गर्नुपर्ने कामहरु यो वर्ष कोरोनका कारणले हुन सकेनन् ।’ स्वास्थ्य कार्यालयकी जनस्वास्थ्य निरीक्षक लक्ष्मीले शर्माले प्रजनन् स्वास्थ्य र पोषण सम्बन्धी जानकारी गराएकी थिईन् । शर्माले विपद व्यवस्थापन प्रतिकार्यमा योजना बनाएर काम गरेको बताईन् ।

     उनले पछिल्लो समय स्वास्थ्य कार्यालयले सुत्केरी भेटघाट कार्यक्रम सञ्चालन गरेपछि अहिले स्थानीय तहका स्वास्थ्य शाखाबाट सुत्केरी भेटघाट कार्यक्रम सञ्चलान गरिरहेको उनले बताईन् । उनले आर्थिक वर्ष २०७७÷०७८ मा सञ्चालन गरिएको स्थायी बन्ध्याकरण शिविरमा जम्मा १२ जनाले मात्रै सेवा लिएको बताए ।

    ‘पछिल्लो समय स्थायी बन्ध्याकरण गर्नेहरुको संख्या निकै कम भएको छ,’ उनले भनिन्,‘अहिले क्यालेण्डर विधि अपनाउने अन्य उपायहरु अबलम्ब गर्ने कार्य बढेको छ । तर स्थायी बन्ध्याकरण गर्ने रुची कम भएको पाईन्छ । शिविरबाट सेवा लिने निकै कम छन् ।’ बुर्तिबाङमा स्याटेलाईट क्याम्पबाट ४१ जनालाई सेवा दिईएको बताईन् । स्वास्थ्य कार्यालय बागलुङका खोप फोकल पर्सन राजु खत्रीले बागलुङ पूर्ण खोप सुनिश्चीत भए पनि धेरै बालबालिका अझै खोपको दायराबाट बाहिर भएको बताए ।

    ‘बागलुङको निसीखोला र ढोरपाटनमा बालबालिकामा खोपको पहुँच पु¥याउने कुरा निकै गाह्रो भएको छ,’ उनले भने,‘निसीखोलामा केही सुधार भएको छ । ढोरपाटनमा त्यहाँको स्थानीय सरकार पनि जागरुक नहुँदा समस्या अझै छ ।’

     उनले कोभिड खोप सञ्चालनका लागि खोप कार्यकर्ता, पालिका स्वास्थ्य शाखा प्रमुख लगायतलाई तालिम प्रदान गर्ने कार्य स्वास्थ्य कार्यालयले गरेको बताए ।

    स्वास्थ्य कार्यालय बागलुङका क्षयरोग कुष्ठरोग निरीक्षक देवप्रकाश घिमिरेले क्षयरोगबाट मृत्यु हुने दर उच्च रहेको बताए । ‘सामाजिक लाञ्छना विभेदका कारण क्षयरोगका विरामीहरु खुलेर आउन सक्दैनन,’ उनले भने,‘त्यसका कारण पनि यसको मृत्युदर उच्च रहेको छ । बागलुङमा १४० जना क्षयरोग पोजेटिभ केसमा ३/४ प्रतिशतको मृत्यु हुने गरेको उनले बताए । 

    कुष्ठरोग उपचार गरे बापत सरकारले एक हजार बाटोखर्च उपलब्ध गराउने भए पनि यो वर्ष एक जनाले मात्रै यो सुविधा लिएको बताए । उनले महामारीको बेला काम गर्नका लागि -यापिड रेस्पोन्स टिम निर्माण गरेर काम गरेको समेत बताए ।

    कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका सचिव विजय रानाले स्थानीयले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा नराखेकाले स्वास्थ्य कार्यालयले आवश्यक समन्वय गर्नुपर्ने बताए । 

     

    सम्बन्धित समाचार