पत्रकार डम्मर बुढामगर र रामकृष्ण बोहोरा पुरस्कृत

पत्रकार डम्मर बुढामगर र रामकृष्ण बोहोरा पुरस्कृत

  • माघ २७, २०८१ आइतवार
  • ०८:४७:५० बजे
  • 1.2K
    SHARES
  • पत्रकार डम्मर बुढामगर र रामकृष्ण बोहोरा पुरस्कृत

    बागलुङ : बागलुङका दुई पत्रकार पुरस्कृत भएका छन् । नेपाल पत्रकार महासंघमा स्थापित दुई फरक फरक अक्षयकोषबाट राससकर्मी डम्मर बुढामगर सहित गोरखापत्रकर्मी रामृकष्ण बोहोरा पुरस्कृत भएका हुन् ।  बुढामगर राष्ट्रिय समाचार समिति (रासस)का स्थानीय समाचारदाता र नेपाल पत्रकार महासंघ बागलुङका सह–सचिव समेत छन् । नेपाल पत्रकार महासंघ बागलुङ शाखामा स्थापित ‘विकास पौडेल स्मृति पत्रकारिता पुरस्कार कोष’बाट नगद पाँच हजार र सम्मान पत्र सहित बुढामगर पुरस्कृत भए ।

    शनिबार लेखनवृद्धि कोष घोषणा समारोहमा गण्डकी प्रदेशका उपसभामुख बिना कुमारी थापाबाट बुढामगर र बोहोरालाई पुरस्कार समर्पण गरिएको हो । २०८० सालमा स्थापित पुरस्कार कोषबाट पहिलो पटक बुढामगर सम्मानित भएका हुन् । पत्रकार महासंघ बागलुङका साधारण सदस्य रहेका विकास पौडेल कोरोनाका कारण मृत्युभएपछि उनको परिवारले महासंघमै पत्रकारिता पुरस्कार कोष स्थापना गरेका थिए ।

    एक दशकदेखि बागलुङको पत्रकारितामा सक्रिय बुढामगर २०७९ सालदेखि राससमा ढोरपाटन संवाददाताको रुपमा कार्यरत छन् । बुढामगर पत्रकार महासंघ बागलुङका सह–सचिवका साथै नेपाल प्रेस युनियन बागलुङका सचिव हुन् । पत्रकार मित्रलाल खरेल र सिता खरेलद्वारा स्थापित ‘टिका धन खोज पत्रकारिता पुरस्कार–२०८१’ बाट गोरखापत्रकर्मी तथा ढोरपाटन पत्रिकामा कार्यरत पत्रकार रामकृष्ण बोहोरा नगद रु. १० हजार सहित पुरस्कृत भएका छन् ।

     विसं २०७७ सालमा पत्रकार मित्र खरेलका आमा धन कलि खरेल र बुबा टिकाराम खरेलको नाममा स्थापित सो पुरस्कार दोस्रो पटक बोहोरालाई प्रदान गरिएको हो । बोहोरा २२ बर्षदेखि पत्रकारितामा सक्रिय छन् । यसअघि एभिन्युज संवाददाता रोजश चन्द्र राजभण्डारीलाई प्रदान गरिएको थियो । 

    2.jpg

  • सम्बन्धित विषय:

  • # पत्रकार

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार