बागलुङ : बागलुङका देवीप्रकाश भट्टचन नेपाली काँग्रेसको संगठन विभाग उपप्रमुखमा नियुक्त भएका छन् ।
सफल व्यवसायी रहेका भट्टचनलाई नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संगठन विभागको उपप्रमुखमा मनोनयन गरेका हुन् । कांग्रेस सभापति देउवाले भट्टचनलाई नेपाली कांग्रेसको धारा २५ को ९ बमोजिम संगठन विभागको उपप्रमुखमा मनोनयन गरेको मनोनयन पत्रमा उल्लेख छ ।
भट्टचन व्यवसायिक समूह प्रभु ग्रुपका अध्यक्ष हुन् ।
प्रभु ग्रुपले बैंक, बीमा, रेमिट्यान्स, हेलिकप्टर, सहकारी लगायतका व्यवसाय सञ्चालन गर्दै आएको छ । भट्चन राजनीतिक रुपमा नेपाली कांग्रेससँग नजिक थिए । उनी गत प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिक सूचीमा परे पनि सांसद हुने मौका भने पाएका थिएनन् ।
उनको पुख्र्यौली घर बागलुङको तमानखोला गाउँपालिकामा हो ।
