सरकारलाई पूर्णता दिन प्रधानमन्त्री र प्रचण्डबीच छलफल

सरकारलाई पूर्णता दिन प्रधानमन्त्री र प्रचण्डबीच छलफल

  • भाद्र १२, २०७८ शनिवार
  • १८:०४:४२ बजे
  • 2.4K
    SHARES
  • सरकारलाई पूर्णता दिन प्रधानमन्त्री र प्रचण्डबीच छलफल

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

    शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा सरकार विस्तारका विषयमा छलफल भएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।


    भेटका क्रममा सरकारलाई यथाशीघ्र पूर्णता दिनेबारे कुरा भएको अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटले जानकारी दिए ।

    लामो समयसम्म पनि मन्त्रिपरिषद् विस्तार नहुँदा आलोचना भएपछि सत्ता गठबन्धनका नेताहरु सरकार विस्तारको तयारीमा छन् ।

  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार