करणी गरेको आरोपमा दुईजना पक्राउ

करणी गरेको आरोपमा दुईजना पक्राउ

  • भाद्र १५, २०७८ मंगलवार
  • १९:२३:०९ बजे
  • 3.6K
    SHARES
  • करणी गरेको आरोपमा दुईजना पक्राउ

    उदयपुर : प्रहरीले करणी गरेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा उदयपुरको ताप्ली गाउँपालिका–२ लेखगाँउका ३२ वर्षीय राकेश राई र ओखलढुंगाका सिद्धिचरण नगरपालिका–११ बस्ने २९ वर्षीय यौवन ताम्राकार रहेका छन् ।


    राई र ताम्राकार दुवैलाई महिलामाथि करणी गरेको आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

    राईले १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोप लगाइएको छ भने ताम्राकारले २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोग लगाइएको छ ।

    पक्राउ परेका दुवैमाथि थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय कटारी र जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # पक्राउ
  • # करणी

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार