पेस्तोलसहित दुई जना पक्राउ

पेस्तोलसहित दुई जना पक्राउ

  • भाद्र १६, २०७८ बुधवार
  • १४:३१:३० बजे
  • 3.9K
    SHARES
  • पेस्तोलसहित दुई जना पक्राउ

    विराटनगर : प्रहरीले मोरङको कानेपोखरी गाउँपालिका–६ शिवालय चोकबाट पेस्तोलसहित दुई जना पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पथरी र सशस्त्र प्रहरी बल सुरक्षा बेस पथरीशनिश्चरेको टोलीले दुई जनालाई पक्राउ गरेको हो ।

    मंगलबार राति करिब सवा ११ बजे ३० वर्षीय रुद्रबहादुर क्षेत्रीलाई पक्राउ गरेको थियो । उनको बयानका आधारमा ३० वर्षीयय पूर्णबहादुर बोहरा पक्राउ परेका थिए ।


    प्रहरीका अनुसार क्षेत्रीले घरमै लुकाएर राखेको अवस्थामा पेस्तोल फेला परेको थियो । घरबाट मेड इन यूएसए लेखिएको एउटा पेस्तोल, तीन राउण्ड गोली र एउटा खुकुरी फेला परेको हो ।

    दुवै जनालाई आवश्यक अनुसन्धान र कारबाहीका लागि इलाका प्रहरी कार्यालय पथरीमा राखिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताए ।

  • सम्बन्धित विषय:

  • # पेस्तोलसहित
  • # पक्राउ

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार