गलकोटमा ५७ औं राष्ट्रिय बाल दिवस मनाईयो 

गलकोटमा ५७ औं राष्ट्रिय बाल दिवस मनाईयो 

  • भाद्र २९, २०७८ मंगलवार
  • १८:१३:५६ बजे
  • 3.1K
    SHARES
  • गलकोटमा ५७ औं राष्ट्रिय बाल दिवस मनाईयो 

    गलकोट : सामान्य अवस्था वा कोरोना महामारी, बाल अधिकारको संरक्षण हामी सबैको जिम्मेवारी भन्ने मुल नाराका साथ गलकोटमा ५७ औं राष्ट्रिय बाल दिवस मनाइएको छ ।

    गलकोट नगरपालिकाको आयोजनामा गरिएको कार्यक्रममा बालमैत्री स्थानीय शासनका अध्यक्ष एवम् गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले बालवालिका आजका साझेदारसँगै भोलिका कर्णद्धार रहेकाले भोली यस ठाउँको जिम्मेवारी लिने बालबालिकाहरुलाई उनीहरुको स्वतन्त्रताको अधिकारबाट बञ्चित नगरी उचित वातावरण प्रदान गरी भविष्यको जिम्मेवारी लिनको लागि तयार गरेमा मात्रै भविष्यमा समृद्धिले सार्थकता पाउने बताए ।

    उनले गलकोट नगरपालिकालाई लगत्तै बालमैत्री नगरपालिका घोषणा गर्न लागिएको र त्यसका अधिकांस सूचकहरु कार्यान्वयन र कार्यान्वयनको चरणमा रहेको समेत जानकारी गराए ।

    गैरेले बालमैत्री नगर निर्माण एवम् घोषणाको तयारी हँुदै गर्दा बालविवाह अत्यन्तै ठूलो चुनौति बनिरहेको अवस्थामा यसलाई न्यूनिकरण गर्नको लागि बाल सञ्जाल एवम् बालबालिकाहरु स्वयम् आफै गाउँगाउँमा जनचेतना फैलाई बालबिवाहलाई रोक्नु पर्ने भन्दै बालमैत्रि नगर घोषणा कार्यक्रममा बाल सञ्जालहरुको विशेष भुमिका रहने बताए । 

    कार्यक्रममा गलकोट नगरपालिकाका उपप्रमुख रेनुका काउचा मगरले बालवालिकाहरु पूर्णरुपमा स्वतन्त्र हुनुपर्ने भन्दै वालवालिकाहरुलाई आफ्नो स्वतन्त्रताको अधिकार दिलाउनको लागि नगरपालिकाले क्रमिक रुपमा अभियान गरी बालमैत्री नगर घोषणा गर्न लागेको बताईन् ।   कार्यक्रमको अवसरमा मदन परियारको अध्यक्षतामा २४ सदस्यीय सुनौलो गलकोट नगर बाल सञ्जाल गठन गरिएको छ । त्यस्तै बालमैत्री स्थानीय शासनले स्थानीय तहमा पार्ने असर विषयक वक्तृत्वकला समेत सम्पन्न भएको थियो ।

    जसमा अनिसा सुवेदी प्रथम, प्रतीक्षा सापकोटा द्वितीय, मदन परियार तृतीय र जेनिसा घर्ती र समीक्षा गौतम सान्त्वना भएका छन् । 


    कार्यक्रममा नगर शिक्षा शाखा प्राविधिक सहायक मनु सिंजाली, कार्यपालिका सदस्य राधिका पुन, गलकोट बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख कृष्ण प्रसाद गौतम, गलकोट नगरपालिका वडा नम्वर १० का वडा अध्यक्ष तिलक घर्ती लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।  

    कार्यक्रमको अवसरमा गलकोट नगरपालिकाले बालवालिकाको वस्तुगत विवरण २०७८ समेत सार्वजनिक गरिएको थियो ।

     कार्यक्रम बाल अधिकारसंग सम्वन्धित प्ले कार्ड सहित नारा लगाउँदै हटिया बजार परिक्रमा गरी गलकोट माध्यमिक विद्यालयको सभाहलमा औपचारिक कार्यक्रम गरिएको थियो । 

    कार्यक्रम गलकोट नगरपालिकाका सामाजिक विकास समिति संयोजक हिम बहादुर भण्डारी हेमन्तको अध्यक्षता, गलकोट नगरपालिकाका प्रशासकिय अधिकृत तुल बहादुर विकको स्वागत तथा गलकोट नगरपालिकाका प्रशासकिय अधिकृत एवम् बालमैत्री फोकल पर्सन राजन कँडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

  • सम्बन्धित विषय:

  • # गलकोट
  • # राष्ट्रिय बाल दिवस

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार