‘बोक्सी’ आरोपमा चरम यातना, धामी सहित चारजना पक्राउ

‘बोक्सी’ आरोपमा चरम यातना, धामी सहित चारजना पक्राउ

  • भाद्र २९, २०७८ मंगलवार
  • १९:०१:१२ बजे
  • 3.0K
    SHARES
  • ‘बोक्सी’ आरोपमा चरम यातना, धामी सहित चारजना पक्राउ

    काठमाडौंको ठुलो भ–याङमा झारफुक गरेर बोक्सी झार्ने नाममा एक महिलालाई चरम यातना दिइएको पाइएको छ । ललितपुरको लुभु घर भएकी ३० वर्षीया महिलालाई ‘बोक्सी’ आरोपमा यातना दिने चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।

     

    पक्राउ पर्नेमा मकवानपुर घर भई ठुलो भ¥–याङमा धामी काम गर्ने दिपेन्द्र कुमार थिङ, ललितपुरका जितेन्द्र महर्जन, नुवाकोटका जनार्दन पाण्डे र दशनारायण महर्जन छन । भदौ २१ मा पेट दुखेपछि ३० वर्षीया महिलाले आफ्ना पति जितेन्द्र महर्जनलाई अस्पताल लान आग्रह गरेका थिए । तर, उनले मामा नाता पर्ने दशनारायणसँग मिलेर पत्नीलाई धामी दिपेन्द्र कुमार थिङकहाँ लगेका थिए ।


    ट्याक्सीमा हालेर धामीकहाँ लगेपछि धामीसँग मिलेर चारजनाले ‘बोक्सी चढेको’ भन्दै हात जोड्न लगाएर निलडाम हुनेगरी ति महिलालाई कुटेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले रातोपाटीलाई बताए ।


    यातना दिनेहरु बिरुद्ध काठमाडौं प्रहरीले बोक्सी आरोप कसुर सजाय ऐन अनुसार अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ । ट्याक्सी चालक जनार्दन पाण्डेले पनि कुटपिटमा भुमिका खेलेको अनुसन्धानमा संलग्न अधिकृतले दाबी गरेका छन् ।

  • सम्बन्धित विषय:

  • # पक्राउ
  • # ‘बोक्सी’

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार