आमाको स्मृतिमा आश्रममा भोजन सेवा

आमाको स्मृतिमा आश्रममा भोजन सेवा

  • भाद्र ३०, २०७८ बुधवार
  • १८:५४:१४ बजे
  • 2.5K
    SHARES
  • आमाको स्मृतिमा आश्रममा भोजन सेवा

    बागलुङ : रोजगारीको सिलसिलामा जापानमा रहेका गलकोट नगरपालिका–७ मल्मका दुर्गा थापा र कल्पना थापा खड्काले आफ्नी दिवङ्गत आमा रुपाकुमारीको वार्षिक पुण्यतिथीका अवसरमा बुधबार यहाँस्थित मानवसेवा आश्रममा रहेका सहयोगापेक्षी नागरिकलाई भोजन सेवा उपलब्ध गराएका छन् । 

     आश्रममा रहेका ४८ जना आश्रितजनलाई थापाका आफन्तजन ललिता, टीका, रुपा र रामले बिहानको भोजन वितरण गरेका थिए । थापा र उनकी दिदी कल्पना भने अहिले जापानमै छन्  । आमाको स्मृतिलाई मानवीय सेवामा जोड्ने हेतुले आश्रमलाई सहयोग गरेको थापाले टेलिफोनमा सुनाए । भोजन सेवाका लागि थापाले रु. दश हजार आर्थिक सहयोग उपलब्ध गराएको आश्रमका सेविका बिपना तामाङले जानकारी दिईन् । उनले आश्रमको सहयोगी बन्नुभएकोमा थापा र उनको परिवारप्रति आभार व्यक्त गरिन् । 

    ashram (2).jpg

     जापानमा रेष्टुराँ व्यवसाय गर्दै आएका थापाले आश्रमका लागि थप व्यवस्थापकीय सामग्री उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । आश्रमको निर्माणाधीन भवनमा पनि सक्दो सहयोग गर्ने उनको भनाई छ । 

     अलपत्र, दिनदुःखी र अशक्त नागरिकको सहारा बन्दै आएको आश्रम दाताहरुको सहयोगकै भरमा चल्दै आएको छ । सङ्घ, गण्डकी प्रदेश सरकार, बागलुङ नगरपालिकालगायतको सहयोगमा आश्रमको आफ्नै भवन बन्दैछ । आश्रमले बागलुङलाई ‘सहयोगापेक्षी सडक मानवमुक्त जिल्ला’ घोषणाको तयारीसमेत थालेको छ । 

    आश्रमले हालसम्म सडकमा अलपत्र परेका सयौँ व्यक्तिलाई उद्धार गरिसकेको छ । कतिपयको परिवारसँग पुनःमिलनसमेत भएको छ ।

    स्थानीय अभियन्ता तथा स्वयंसेवी युवाहरुको पहलमा विसं २०७२ मा यहाँ आश्रम खोलिएको थियो ।

    ashram (1).jpg

    सम्बन्धित समाचार