बुर्तिबाङ : निसीखोला गाउँपालिका स्तरीय तीन दिने कम्प्युटर साक्षरता तथा नेटवर्किङ तालिम निसीमा संचालन भएको छ ।
निसीखोला गाउँपालिकासँगको समन्वयमा कर्मफलाईट्स फाउन्डेन्स नेपाल र एजुटेक नेपालको संयूक्त आयोजनामा निसीखोला गाउँपालिका अन्र्तगत १० सामुदायिक विद्यालयका २२ जना कम्प्युटर विषय पढाउने शिक्षकका निम्ति तालिम दिइएको हो ।
देविस्थान मावि र अर्नाकोट माविको माग र प्रस्तावना अनुसार तालिम सञ्चालन गरिएको कर्मफलाईट्स फाउन्डेशनका प्रमुख प्रेम कुवँरले बताए ।
कार्यक्रममा एजुटेक नेपालका युनेश बज्राचार्य, र कर्मफलाईट्स फाउन्डेशनका राजु परियारले तालिमको सहजीकरण गरेका थिए ।
कम्प्युटर क्षेत्रमा विद्यार्थीलाई नयाँ ज्ञान र प्रविधिको उच्चतम प्रयोग गर्ने र कम्प्युटर शिक्षकको दक्षता वृद्धि गर्नका निम्ति तालिमले महत्वपूर्ण सहयोग पु¥याउने बताइएको छ । शुक्रबार आयोजित समापन सत्रको कार्यक्रम निसीखोला गाउँपालिका अध्यक्ष तारानाथ पौडेलको विशेष उपश्थिती रहेको थियो ।
कर्मफलाईट्स फाउन्डेशन र विद्यालयलाई नेपाल सरकारद्वारा उपलब्ध गराउने छात्रवृत्ति सहयोगबाट अर्नाकोट मावि देउरालीका विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ ।
कर्मफलाईट्स फाउन्डेशनले फ्रान्समा रहेको एक्सन अटोनमिक एविनियर सँस्थाको आर्थिक सहकार्यमा कर्मफलाईट्स फाउन्डेशनको ७ लाख ९४ हजार ६ सय ९७ रुपैयाँ र नेपाल सरकार मार्फत प्राप्त ७४ हजार ८ सय छात्रवृत्ति कोष गरी कुल ८ लाख ६९ हजार ४ सय ९७ रुपैयाँ बराबरको शैक्षिक सामग्री, विद्यालयको लोगो अँकित ट्रयाक सेट कक्षा १ देखि ९ सम्मका २६९ जना विद्यार्थीलाई हस्तान्त्रण गरिएको विद्यालयका प्रधानाध्यापक वेगबहादुर कुवँरले बताए । विद्यार्थीलाई समानरुपले पुग्ने गरी आफुहरुले उक्त परिमाणमा छात्रवृत्ति उपलब्ध गराइएको कर्मफलाईट्स फाउन्डेशनका डाइरेक्टर प्रेम कुवँरले बताए ।
फाउन्डेशनले उत्तरगँगा मावि., शिवालय मा.वि, रत्नराज्य मावि, देविस्थान माविमा आइतबार विद्यार्थीका निम्ति छात्रवृत्ति वितरण गरिने कार्यक्रम रहेको कुवँरले बताए ।
रोट्री नेपाल साक्षरता अभियान अन्र्तगत बुर्तिबाङ ढोरपाटन रोटरी क्लब मार्फत उत्तरगँगा मावि बुर्तिबाङमा लाईव्रेरीका लागि दुई सय पचास थान पुस्तक हस्तान्त्रण गरिने कार्यक्रम समेत रहेको बताइएको छ ।