बागलुङ : सन्राइज बैक लिमिटेडको १४ औ वार्षिकोत्सवको अवसरमा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला शाखा बागलुङको आयोजनामा रक्तदान कार्यक्रम भएको हो । रक्तदान कार्यक्रममा १४ जना विभिन्न व्यक्तिहरुले रक्तदान गरेका थिए । १ वर्ष अगाडि आफनो शाखा बागलुङमा स्थापना गरेको बैकले नागरिकहरुलाई सेवा दिदै आएको छ । सप्ताहव्यापी कार्यक्रम अन्तर्गत रक्तदान कार्यक्रम गरिएको सनराइज बैक गण्डकी प्रदेशका प्रमुख सुजन पौडेलले बताए ।
उनले रक्तदान कार्यक्रममा सहभागीहरुलाई प्रमाण पत्र प्रदान गरेका थिए ।
बैंकिङबाट निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण,स्वास्थ्य बीमा, मिसकल सेवा अन्र्तगत विद्युत बील भुक्तानी, रिचार्ज, मिनि स्टेटमेन्ट जस्ता सेवाहरु प्रदान गर्दै आएको छ । साथै बैकले एक्सटेन्सन काउन्टर तथा शाखा रहित बैंकिङ सेवा सञ्चालनमा गर्दै ग्रामिण क्षेत्रमा रहेको नागरिकहरुलाई सेवा दिदै आएको छ ।
सन्राइज बैंक लिमिटेडले देशभर १ सय ५० भन्दा बढी शाखा मार्फत ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।