सामुहिक बलात्कारपछि बेहोस भएकी महिलाको मृत्यु

सामुहिक बलात्कारपछि बेहोस भएकी महिलाको मृत्यु

  • आश्विन १७, २०७८ आइतवार
  • ०७:२७:४३ बजे
  • 6.7K
    SHARES
  • सामुहिक बलात्कारपछि बेहोस भएकी महिलाको मृत्यु
    सांकेतिक तस्बिर

    महोतरी : महोत्तरीको भंगहा नगरपालिका– २ बखरी टोलका ३५ वर्षीया एक महिलाको सामुहिक बलात्कारपछि मृत्यु भएको छ । बलात्कारपछि अचेत अवस्थामा रहेकी उनको विहीवार राती मुत्यु भएको हो ।

    घरमा सुतिरहेको अवस्थामा बुधबार बिहान करिब २ बजे नम्बर नखुलेको मोटरसाइकमा आएका दुई पुरुषले उनलाई घरबाट उठाएर लगेको बताइएको छ । ती दुवैले उनलाई पुनः बिहान ४ बजे बेहोश अवस्थामा उनकै घरमा छोडेका थिए । अचेत अवस्थामा घरमा छाडेर गएपछि परिवारजनले दिनभरि गाउँकै

    मानकी पोलिक्लिनिकमा उपचार गराएका थिए । तर उनको होश नआएपछि गत विहीवार ५ बजे थप उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको थियो । उनको उपचारकै क्रममा गए राति १० बजे मृत्यु भएको थियो । सामुहिक बलात्कारपछि उनको मृत्यु भएको आरोप परिवारले लगाएको छ ।

    प्रहरी यस विषयमा अनुसन्धानमा जुटेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए । अभियुक्तको पहिचान गर्ने काम भइरहेको उनले बताए ।

  • सम्बन्धित विषय:

  • # बलात्कार

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार