आर्थिक सहयोग

ताराखोलाका घर्तीलाई करिब साढे १२ लाख सहयोग

ताराखोलाका घर्तीलाई करिब साढे १२ लाख सहयोग

  • आश्विन १८, २०७८ सोमवार
  • १९:५६:५९ बजे
  • 3.4K
    SHARES
  • ताराखोलाका घर्तीलाई करिब साढे १२ लाख सहयोग

    बागलुङ : केही वर्षअघि वैदेशिक रोजगारीमा क्रममा लडेर टाउकोमा गम्भीर चोट लागेपछि नियमित उपचारमा रहेका पोषबहादुर घर्तीलाई आर्थिक सहयोग गरिएको छ । बागलुङको ताराखोला गाउँपालिका वडा नम्बर ५ का ४५ वर्षीय घर्तीको उपचारमा स्थानीय नवसिर्जना र असारे युवा क्लब मिलेर

    रु १२ लाख ४३ हजार ५५५ आर्थिक सहायता जुटाएका हुन् । सो रकम वडाध्यक्ष रामबहादुर रोका लगायतको उपस्थितिमा शनिबार घर्तीकी धर्मपत्नी छलमायालाई हस्तान्तरण गरिएको नवसिर्जना युवा क्लबका अध्यक्ष पूर्णभद्र निउरेले बताए ।घर्तीको टाउकाको नसामा समस्या देखिएपछि दुई पटकसम्म जटिल शल्यक्रिया

    गरिएको र थप उपचारका लागि परिवारजनले आर्थिक सहयोगको याचना गरेपछि अभियान चलाइएको थिए । घर्तीको उपचारका लागि देश विदेशमा रहेका ताराखोलावासीबाट सहयोग उठेको क्लबका अध्यक्ष निउरेले बताए ।पहिलो चरणमा सङ्कलित रकम हस्तान्तरण गरिए पनि इच्छुक व्यक्तिबाट थप

    सहयोग जुटाइने उनको भनाइ छ ।घर्तीको अहिले पोखरास्थित फेवा सिटी अस्पतालमा उपचार भइरहेको छ । वडाध्यक्ष रोकाले गाउँमा स्थापित क्लबहरुले मानवीय सेवाका क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा गरे। उनले खेलकुद र मनोरञ्जनका क्षेत्रमा मात्र क्लब सीमित हुन नहुने धारणा राख्नुभयो । 

    देश विदेशबाट गरी ३०० बढीले घर्तीको उपचारका लागि आर्थिक सहयोग गरेको क्लबका अध्यक्ष न्यूरेले जानकारी दिए । प्रतिव्यक्ति न्यूनतम रु एक सयदेखि रु ५० हजारसम्म र केही संस्थागत सहयोग पनि प्राप्त भएको उनको भनाइ छ ।


    बागलुङ पोस्ट

    सम्बन्धित समाचार