बुर्तिबाङ : तमानखोला गाउँपालिकामा पछिल्लो समय कोभिड—१९ का सँक्रमित बढ्न थालेका छन ।
केहि समय शून्य संक्रमित रहेको गाउँपालिकामा पछिल्लो समय ५ जना सक्रिय सँक्रमित रहेको गाउँपाकिला प्रमुख प्रशासकिय अधिकृत विकास लम्सालले बताए । कोभिडसँग मिल्दो जुल्दो लक्षण भएका व्याक्तिहरुको एन्टीजेन विधिबाट तमानखोला २ का ४० जनाको कोभिड परीक्षण गर्दा ५ जना संक्रमित फेला परेको बताइएको छ ।
संक्रमित सबैको कोभिड सिन्टम देखिएपनी होम आइसोलेशनमा रहेको बताइएको छ । सुरुमा एक जनालाई पोजेटिभ थियो पछि गाउँमा धेरै जना विरामी पर्न थालेसँगै कोभिड परिक्षण गरिएको हो ।
दशै तिहार जस्ता चाडपर्व नजिकिँदै जान थालेसँगै पुनः कोभिड बद्न सक्ने भएकाले कोभिड फैलनबाट बच्न सुरक्षाका उपाय अपनाउन आवस्यक रहेको प्रमुख प्रशासकिय अधिकृत विकास लम्सालले बताए ।