बागलुङ : बागलुङमा थप चार जनामा कोरोना संक्रमण पुष्ट भएको छ ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा जिल्लाको गलकोट नगरपालिकाका दुई जना स्वास्थ्यकर्मी सहित चार जनालाई संक्रमण पुष्टी भएको छ ।
एक जना गलकोट काँडेवासमा कार्यरत पुरुष स्वास्थ्यकर्मी अर्का गलकोट प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत महिला अनमी रहेको बताईएको छ ।
गलकोट नगरपालिका—८ काँडेवासका ४६ वर्षीय र २३ वर्षीय पुरुष संक्रमित भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड—१९ फोकल पर्सन देवप्रकाश घिमिरेले बताए ।
४६ वर्षीय पुरुष स्वास्थ्यकर्मी र २३ वर्षीय पुरुष उनको छोरा भएको बताईएको छ । त्यस्तै गलकोट नगरपालिका—५ का ३६ वर्षीय पुरुष र ३२ वर्षकी महिलामा पनि संक्रमण पुष्टी भएको छ ।
महिला गलकोट प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत अनमी र पुरुष सोही कन्द्रका कार्यालय सहयोगी रहेको घिमिरेले जानकारी दिए । थपिएका चार जनासंगै बागलुङमा कुल कोरोना संक्रमितको संख्या ९ सय १२ पुगेको छ ।
संक्रमितमध्ये ८ जनाको मृत्यु भएको छ । शुक्रबार थपिएकासंगै २१ जना सक्रिय संक्रमितहरु रहेका छन् ।
अन्य उपचारपछि निको भएको घिमिरेले बताए ।