बागलुङ : तमानखोला गाउँपालिकामा नेपाली काँग्रेसको प्रथम पूर्ण बैठक तथा दशै तिहार पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
गाउँपालिका सभापति लिला छन्त्यालको अध्यक्षतामा आयोजित कार्यक्रमका अवसरमा नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि जीत शेरचन, सागर छन्त्याल, मञ्जु चालिसे, रेनुका काउचा, तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढा, निसीखोला गाउँपालिका अध्यक्ष तारानाथ पौडेल, गलकोट नगरपालिका मेयर भरत शर्मा गैरे, नेपाली काँग्रेस जिल्ला सदस्य गण्डकी थापा, पूर्व जिल्ला सदस्य मेशलाल शर्मा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा बोल्ने वक्ताहरुले नेपाली काँग्रेस पार्टीलाई थप सशक्त बनाउनका निम्ति संगठन विस्तारसँगै स्थानीय तह निर्वाचनको
तयारीमा जुट्न आह्वान गर्दै निर्वाचित पदाधिकारीले पार्टीको सिद्धान्त जनताको मर्म अनुसार काम गर्न आग्रह गरेका थिए । कार्यक्रममा नेपाली काँग्रेस तमानखोला गाउपालिका सचिव योगेन्द्र पुन र अनिश सिर्पालीको सञ्चालनमा सम्पन्न भएको हो ।
नवनिर्वाचित समितिको पहिलो बैठकले रिक्त रहेको कोषाध्यक्ष पदमा सविना रसाईलीलाई मनोनित गरेको छ ।
टोल टोलमा समिति गठन गर्ने लगायतका विषयमा छलफल एवं निर्णय गरिएको नेपाली काँग्रेस तमानखोला सभापति लिला छन्त्यालले बताए ।