बोहोरागाउँ कृषि सहकारी संस्थाको भवन उद्घाटन

बोहोरागाउँ कृषि सहकारी संस्थाको भवन उद्घाटन

  • आश्विन २३, २०७८ शनिवार
  • २०:५९:१४ बजे
  • 3.9K
    SHARES
  • बोहोरागाउँ कृषि सहकारी संस्थाको भवन उद्घाटन

    बुर्तिबाङ : बोहोरागाउँ कृषि सहकारी संस्था निसीखोला—४ को सहकारी भवन एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ ।

    भवनको कृषि निर्देशनालय गण्डकी प्रदेशका प्रमुख बासुदेव रेग्मीले उद्घाटन गरेका हुन् । निसीखोलाका कृषकले उत्पादन गरेको कृषि उपजलाई सहज रुपमा बजारसम्म पु¥याउने उद्देश्य स्वरुप कुल २६ लाखमा निर्माण गरिएको सहकारी संस्थाको भवन उद्घाटन गर्दै रेग्मीले कृर्षि क्षेत्रको विकासले मात्र देशको समृद्ध हुने बताए । 

    कृषिको प्रचुर सम्भावना हुँदाहुँदै पनि त्यसको प्रयोग कम भइरहेको सन्दर्भमा कृषि निर्देशनालय मार्फत कृर्षि ज्ञान केन्द्रले

    कृषकको आयस्तर वृद्धि गर्न र दीर्घकालीन रुपमा कृषि क्षेत्रमा टिक्नका निम्ति निरन्तर कार्यक्रम लिइरहेको बताउँदै कृषि पेशालाई व्यवसायिक बनाउँदै स्वरोजगार बन्न कृषकहरुलाई गरे । साना ग्रामिण कृषि उघोग कार्यक्रम अन्र्तगत बोहोरागाउँ  कृषि सहकारी संस्थाले गरेको भवनमा अब त्यस क्षेत्रका कृषकले आफुले उत्पादन गरेको कृषि उपज बजारसम्म ल्याई विक्री गर्न पाउने भएका हुन् । 

     विशेष गरी सेयर सदस्यले उत्पादन गरेको उपजलाई प्राथमिकता दिएर सहकारीले बाहिरी क्षेत्रमा बजारीकरण गर्ने संस्थाका अध्यक्ष लिलाबहादुर घर्तिले बताए ।

    कार्यक्रममा निसीखोला गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले बोल्दै कृषि क्षेत्रको विकास र विस्तारमा बोहोरागाउँ कृषि सहकारीको महत्वपूर्ण भुमिका रहेको बताए । उनले थप बोल्दै कृषि ज्ञान केन्द्रले निसीखोला गाउँपालिकाका कृषकका निम्ति निरन्तर सहयोग गरिरहेको बताउँदै पालिकाले समेत त्यसमा सक्रिय पूर्वक कार्यक्रम अगाडि बढाएको बताए । कृषकहरुका माग र समस्यालाई गाउँपालिकाले पनि सम्बोधन गरिरहेको छ । 

    गाउँपालिकालाई कृषि क्षेत्रमा आत्मनिर्भर भई बजारी करण गर्न सक्ने गरी कृषि क्षेत्रको विकास गर्न सबैले भुमिका निर्वाह गर्नुपर्ने बताए ।

    कार्यक्रममा वडा अध्यक्ष टिकानिधी पौडेल, जुनविक्रम शाही लगायतले बोलेका थिए । कार्यक्रम सचिव इन्द्रलाल रेग्मीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । सहकारीले कृषि निर्देशनालय मार्फत ७ लाख ३२ हजार अनुदान र अन्य सहकारी संस्थाका सेयर सदस्यको लगानीमा गरी कुल २६ लाख ७० हजार लागतमा जग्गा खरिदसँगै भवन निर्माण सम्पन्न गरेको हो ।

    सहकारीमा हाल एक सय ६४ जना सेयर सदस्य आवद्ध रहेका छन ।

     

  • सम्बन्धित विषय:

  • # बोहोरागाउँ
  • # भवन उद्घाटन
  • # कृषि सहकारी संस्था

  • छबिलाल पाण्डे

    उहाँ बागलुङ पोस्ट डटकमका संवाददाता हुनुहुन्छ ।

    सम्बन्धित समाचार