बुर्तिबाङमा कोजाग्रत पूर्णिमा मेला सुरु  

बुर्तिबाङमा कोजाग्रत पूर्णिमा मेला सुरु  

  • कार्तिक ५, २०७८ शुक्रवार
  • २०:०६:२३ बजे
  • 2.8K
    SHARES
  • बुर्तिबाङमा कोजाग्रत पूर्णिमा मेला सुरु  

    बुर्तिबाङ : दोश्रो ढोरपाटन मेयर रनिङ गोल्ड कप तथा कोजाग्रत पूर्णिमा मेलाको शुक्रबार ढोरपाटन नगर प्रमुख देवकुमार नेपालीले उद्घाटन गरेका छन् । कार्यक्रम कात्तिक ८ गतेसम्म संचालन हुने छ । कार्यक्रमको उद्घाटनपछि बोल्दै नेपालीले परापुर्वकालदेखि चल्दै आएको आफनो पहिचान र पश्चिम बागलुङको एतिहासिक महत्व बोकेको कोजाग्रत पूर्णिमा मेला खेलकुद, कला र सँस्कृतिको पहिचानको रुपमा रहेको बताए । 

    क्लव अध्यक्ष समसेर विकको अध्यक्षतामा आयोजित कार्यक्रममा मेयर नेपालीले क्लवको विकास र खेलकुद, कला सँस्कृतिको संरक्षणार्थ आफनो तर्फदेखि १० लाख रुपैयाँको अक्षकोष स्थापना गरि दिने प्रतिबद्धता जनाएका छन् । आफुले यस क्षेत्रका दुःखी, गरिब जनताको लागि निरन्तर साथ सहयोग गरि रहेको भन्दै राम्रो काम गर्दा गर्दै पनि काम गर्न नसक्ने तर कुनामा बसेर रोई कराई गर्नेहरुले आफुलाई धकेल्न खोजेको बताए । 

    ढोरपाटनलाई समृद्ध बनाउन र जनताको समृद्धिका निम्ती आफुले निरन्तर काम गर्दा पनि अनावश्यक झुटको खेति गर्दै विपक्षी दल लागि परेको भन्दै आफुलाई त्यस्ता क्रियाकलापले कुनै प्रभाव नपार्ने बाए । उनले रचनात्मक कामका लागि  आफुसँग प्रतिस्पर्धा गर्न चुनौती समेत दिए । आफु सधै जनाको साथमा रहेर काम गर्ने बताए । कार्यक्रम क्लव कोषाध्यक्ष मिथुन विकको स्वागत, वडा अध्यक्ष चित्र भण्डारी,

    नेकपा एमालेका ददिराम शर्मा,  विर बहादुर विश्वकर्माले लगायतले बोलेका थिए । कार्यक्रमको संचालन क्लव सचिव झरना कँडेल र सहसचिव मिनु विकले गरेका थिए । उद्घाटन कार्यक्रममा ६ वटा राजनैतिक दलले कार्यक्रम बहिस्कार गरेका छन् ।   

    सम्बन्धित समाचार