लखन बहुउद्देश्यीय सहकारी संस्थाको कारोबार एक अर्ब ६५ करोड

लखन बहुउद्देश्यीय सहकारी संस्थाको कारोबार एक अर्ब ६५ करोड

  • कार्तिक २७, २०७८ शनिवार
  • २०:१५:५५ बजे
  • 3.9K
    SHARES
  • लखन बहुउद्देश्यीय सहकारी संस्थाको कारोबार एक अर्ब ६५ करोड

    बागलुङ : लखन बहुउद्देश्यीय सहकारी संस्था लि. बागलुङले गत आर्थिक वर्ष २०७७/०७८ मा एक अर्ब ६२ करोड बढिको कारोबार गरेको छ ।

    संस्थाको १४ औं वार्षिक साधारण सभाको अवसरमा शनिबारमा संस्थाका कोषाध्यक्ष तेजेन्द्र थापाले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनमा गत आर्थिक वर्षमा एक अर्ब ६५ करोड ४९ लाख २५ हजार दुई सय पाँच रुपैयाँको कारोबार भएको उल्लेख छ । अघिल्लो आर्थिक वर्षमा संस्थाको कारोबार एक अर्ब ६२ करोड ३९ लाख रहेकोमा यस वर्ष कारोबारमा वृद्धि भएको कोषाध्यक्ष थापाले बताए ।  

    20211113_125919.jpg

    संस्थाको कुल पुँजी २० करोड ९३ लाख ६० हजार आठ सय पाँच रहेको छ ।

    गत आर्थिक वर्षमा संस्थाले दुई करोड दुई लाख ९१ हजार २१ रुपैयाँ आम्दानी गरेको छ । ७ सय ७६ सेयर सदस्य रहेको संस्थामा चार करोड २० लाख ५५ हजार पाँच सय सेयर पुँजी रहेको छ । गत आर्थिक वर्षमा संस्थाले १५ करोड २१ लाख बढि निक्षेप तथा बचत संलकन गरेको छ । संस्थाले ११ करोड ४३ लाख १३ हजार ऋण लगानी गरेको छ ।

    20211113_125412.jpg

    सहकारीले बचत तथा ऋणको कारोबारसंगै मनिट्रान्सफर सेवा, सदस्यता राहत, सुत्केरी पोषण कार्यक्रम, नवजात शिशु स्वागत, बुहारी स्वागत लगायतका कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ ।

      संस्थाको १४ औं साधारणसभा उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य सावित्रा रानाले सहकारीले सदस्यहरुको जीवनस्तर उकास्नका लागि भूमिका खेल्नुपर्ने बताईन् । नेपालको अर्थतन्त्रमा सहकारी संस्थाको महत्वपूर्ण योगदान रहेको भन्दै उनले उत्पादन मूलक क्षेत्रमा लगानी बढाउँदा त्यसले आर्थिक समृद्धि हाँसिल गर्न सहयोग पुग्ने उनको भनाई छ । ‘सहकारी संस्थाले सेयर सदस्यको आर्थिक जीवनस्तर उकास्ने योजना बनाउनुपर्छ,’ उनले भनिन्,‘जसले गर्दा राज्यको आर्थिक विकासका लागि पनि योगदान पुग्छ ।’ 

    20211113_125516.jpg

    बैंक तथा वित्तीय संस्थाहरु नपुगेको ठाउँमा सहकारीले बैंकिङ सेवा पनि दिएर नागरिकलाई सहजता दिलाएको उनको भनाई थियो ।

    उनले सहकारीले हुनेखानेको पैसा हुँदा खानेमा पु¥याएर हुँदा खानेलाई हुनेखाने बनाउनुपर्ने बताईन् । कार्यक्रममा सामाजिक विकास कार्यालय म्याग्दीका कार्यालय प्रमुख रमेश थापा, जिल्ला सहकारी संस्था बागलुङका अध्यक्ष दिपक गौतमम, युकेमा रहँदै आएका सेयर सदस्य जंगबहादुर पुन, लगायतले मन्तव्य राखेका थिए । उक्त अवसरमा सामाजिक विकास कार्यालय म्याग्दीका कार्यालय प्रमुख रमेश थापालाई सम्मान गरिएको थियो । 

    20211113_125613.jpg

    संस्थाले  पाँच जना ज्येष्ठ सेयर सदस्य, असल बचतकर्ता, बाल बचतकर्ता, लखन विशेष बचतकर्ता, असल ऋणी तथा एसईईमा उत्कृष्ट अंक ल्याउन सेयर सदस्यका छोराछोरी, कर्मचारी तथा उद्योग तथा व्यवसायीलाई पनि सम्मान गरेको छ । लखन बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष क्याप्टेन खडकबहादुर पुनको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष कुशुम बुढा र सञ्चालन सहसचिव रेशम थापाले गरेका थिए ।

    20211113_125712.jpg

    संस्थाको प्रगति प्रतिवेदन सचिव गगन बहादुर पुन र आर्थिक प्रतिवेदन कोषाध्यक्ष तेजेन्द्र थापाले प्रस्तुत गरेका थिए । 

     

    सम्बन्धित समाचार