बागलुङ : सिटिजन लाईफ इन्स्योरेन्स कम्पनी बागलुङ शाखाले यहाँको एक परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ । सिटिजनमा बीमा गरेर मृत्यु भएका राजु गुरुङका परिवारलाई मृत्यु दाबी बापतको बीमा रकम हस्तान्तरण गरिएको हो । काठेखोला गाउँपालिका वडा नम्बर ८ घर भएका मृतकका परिवारलाई बाबागलुङ शाखा कार्यलयले २ लाख ५० हजार रुपैयाँको चेक हस्तान्तरण गरेको शाखा प्रमुख
कमला शर्माले बताइन् । गुरुङले गत वर्ष २ लाख रुपैयाँको बीमा गरेका थिए । कम्पनीले उनकी श्रीमती हिना गुरुङलाई रकम हस्तान्त्रण गरेको हो । बागलुङ क्षेत्रका क्षेत्रीय शाखा प्रमुख दीपेन्द्र शर्मा लम्सालले उक्त रकमको चेक हस्तान्त्रण गरेका थिए । सिटिजन लाईफ इन्स्योरेन्स कम्पनी बागलुङका एरीया ब्रान्च म्यानेजर दिपेन्द्र शर्मा लम्सालले बीमा सुख दुःखको साथी भएको भन्दै बीमा गर्नु जीवनका लागि अनिवार्य रहेको बताए ।
उनले यस बीमा गरे बापत गुरुङ्गको परिवारले अहिले उक्त रकम पाएको र बीमा अवधि समाप्त भएपछि फेरि २ लाख रुपैयाँ पाउने जानकारी दिए। एक किस्ता बापत १४ हजार ९ सय ९६ रुपैयाँ तिरेका गुरुङ्गको कोरोनाले मृत्यु भएपश्चात हकवाला श्रीमती हिना गुरुङले दाबी बराबरको बीमा रकम प्राप्त गरेकी हुन् ।