नयाँ वर्षमा सांगितिक साँझ आयोजना गर्दै यम्मी किचन हाउस

नयाँ वर्षमा सांगितिक साँझ आयोजना गर्दै यम्मी किचन हाउस

  • पौष १६, २०७७ बिहिवार
  • १३:२२:५७ बजे
  • 4.0K
    SHARES
  • नयाँ वर्षमा सांगितिक साँझ आयोजना गर्दै यम्मी किचन हाउस

    बागलुङ : यम्मी किचन हाउसले नयाँ वर्ष विशेष साँगितिक साँझ आयोजना गर्ने भएको छ ।

     बागलुङ नगरपालिका—२ गोल्डेगेटचोकमा रहेको यम्मी किचन हाउसले अग्रेजी नयाँ वर्ष २०२१ लाई लक्षित गरी सांगितिक कार्यक्रम गर्न लागेको हो । 

    पुस १७ गते अर्थात नयाँ वर्ष २०२१ को जनवरी १ तारिकको दिन साँझ ६ बजे देखि ९

     बजेसम्म विशेष सांगितिक कार्यक्रम सञ्चालन गरिने यम्मी किचन हाउसका सन्चालक दिल रानाले बताए ।

     ‘विशेषगरी नयाँ वर्षलाई लक्षित गरी हामीले यो कार्यक्रमको आयोजना गरेका छौं,’ उनले भने,‘पछिल्लो सयममा युवा युवतीहरु अँग्रेजी नयाँ वर्ष मनाउनका लागि पोखरा लगायतका ठाउँहरुमा जाने चलन छ । यस पटक बागलुङमै त्यो अवसर प्रदान गर्न हामीले यो कार्यक्रम गरेका हौं ।’ 

    कार्यक्रममा स्थानीय स्तरका कलाकारको प्रस्तुति रहने भएको छ । 

    यो खालका कार्यक्रम कोराना महामारीले सबै क्षेत्र तहस नहस भएको बेला कलाकारले स्थान नपाएको र स्थानीय स्तरका कला गलालाइ उचित सम्मान गर्ने हेतुले कार्यक्रमको आयोजना गरिएको रानाले बताए ।

    सांगितिक साँझका लागि प्रवेश निःशुल्क गरिएको छ । 

     

    सम्बन्धित समाचार