बुर्तिबाङ : सिटिजन लाईफ इन्स्योरेन्स कम्पनी बुर्तिबाङ शाखाले मृत्यु दाबी बापतको आर्थिक भुक्तानी गरेको छ । शुक्रबार ढोरपाटन नगरपालिका वडा नम्बर ५ का स्वर्गीय घमे दमाइको घरमै पुगेर कम्पनीले पाँच लाख पचासी हजार रुपैयाँको मृत्यु दावी वापतको चेक हस्तन्त्रण गरेको हो । विसं. २०७६ कात्तिक महिनामा सिटिजन लाईफ इन्स्योरेन्स कम्पनीमा पाँच लाख वीमाङ्कको सिटिजन वार्षिक अग्रिम भुक्तानी बीमा
खरिद गरेका दमाईको गत कात्तिक ६ गते रोजगारको सिलसिलामा भारतको जलन्धरमा हृदयघातका कारण ४५ वर्षको उमेरमा मृत्यु भएको थियो । कम्पनीले बीमा सर्त बमोजिम पाँच लाख बीमाङ्क, पचास हजार रुपैयाँ काजक्रिया खर्च र बोनस बापत पैँतिस हजार गरी कुल पाँच लाख पचासी हजार रुपैयाँको दाबी बापतको रकम स्वर्गीय दमाईका श्रीमती द्वय अमृता दमाई र माया दमाईलाई चेक हस्तान्त्रण गरेको शाखा प्रवन्धक छविलाल पाण्डेले बताए । दाबी भुक्तानी रकम ढोरपाटन नगरपालिका उप–प्रमुख कर्मती पुनको विशेष
उपस्थितीमा हस्तन्त्रण गरेको प्रबन्धक पाण्डेको भनाई छ । उप–प्रमुख पुनले बोल्दै बीमा बचत सँगै सुरक्षाका दृष्टिकोणले महत्वपूर्ण भएका कारण आफ्नो र परिवारको सुरक्षा एवं उज्वल भविष्यका लागि बीमा गर्नु पर्ने बताइन् । सिटिजन लाईफ इन्स्योरेन्स कम्पनीले बीमितको घरमै आएर समयमै दाबी भुक्तानी बापतको प्रवाह गरेकोमा यो नै उत्कृष्ट कार्य रहेको उनको भनाई थियो । घरको जिम्मेवार व्यक्ति गुमाउँदै
गर्दा भौतिक शरिर नरहे पनि आर्थिक रुपमा बीमाले मलम लगाउने काम गरेको पुनले बताइन् । कार्यक्रममा सिटिजन लाईफ इन्स्योरेन्स कम्पनीका एजेन्सी म्यानेजर शिवलाल पाण्डे, एजेन्सी म्यानेजर अमर बहादुर क्षेत्री (ओम) परिवारको तर्फदेखि स्याम बहादुर दमाईले बीमा र त्यसको महत्वको विषयमा आफनो धारणा राखेका थिए । स्वर्गीय घमे दमाइकी श्रीमती (हकवाला) अमृता दमाईले
श्रीमानको अकालमै मृत्यु हुँदा परिवारमा समस्या भए पनि समयमै बीमा गरेका कारण आर्थिक रुपमा सहयोग पुगेको बताइन् ।दमाईकी कान्छी श्रीमती माया दमाइले समेत आफनो पाँच लाख बीमांकको सिटिजन वार्षीक अग्रिम भुक्तानी बीमा खरिद गरिन् ।