बागलुङ : लाईफ ईन्स्योरेन्स कर्पोरेशन नेपाल लि बागलुङ शाखाद्धारा बीमीतका परिवारलाई जीवन बीमा बापतको दावी रकम हस्तान्तरण गरिएको छ ।
बागलुङ नगरपालिका वडा नम्बर ३ निवासी ५२ वर्षीया ईन्दिरा शाक्यले एलआईसी नेपालका वरिष्ठ अभिकर्ता एंव सिनिएर ऐजेन्सी म्यानेजर राममाया घिमिरे(रमा) संग १० वर्षको लागि ५ लाखको धनवृष्टी योजना खरीद गरी ३ वर्षको वार्षिक किस्ता रकम भुक्तान समेत गरेकी थिईन् ।
शाक्यको कोरना भाईरसका कारण मृत्यु भएपछि दाबी रकम ५ लाख ८८ हजार रुपैयाँको चेक उनका छोरा बिजेन्द्र शाक्यलाई एलआसी नेपालका वरिष्ठ अभिकर्ता एंव सिनिएर ऐजेन्सी म्यानेजर राममाया घिमिरे(रमा) तथा शाखा प्रमुख नवराज सुवेदीले हस्तान्तरण गरेका थिए ।
हस्तान्तरण कार्यक्रममा ऐजेन्सी म्यानेजर रामकाजी भण्डारी, कर्मचारी तथा परिवारजनका अन्य सदस्यको उपस्थिती रहेको थियो ।