बागलुङ : जिल्लाको निसीखोलामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
बिहिबार बिहान निसीखोला गाउँपालिका—४ झिँवाखोलादेखि वडा नम्बर ३ को याङ्म्याङ जाने क्रममा मोटरसाइकल दुर्घटना हुँदा ४० वर्षीय देवीराम खड्काको मृत्यु भएको भएका हो ।
जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी विजय भण्डारीका अनुसार ध २ प १९२१ नम्बरको मोटरसाइकल सडकदेखि करिब ३०० मिटर तल गहतेरा खोलामा खस्दा खडकाको घटनास्थलमै मृत्यु भएको हो ।
मोटरसाइकलसँगै खड्का पनि खोलामा फेला परेको प्रहरीले जनाएको छ ।