ढोरपाटनमा पदको लोभ नगरी सबै एक ढिक्का हुने गठबन्धन दलको नेताका प्रतिवद्धता 

ढोरपाटनमा पदको लोभ नगरी सबै एक ढिक्का हुने गठबन्धन दलको नेताका प्रतिवद्धता 

  • फाल्गुण ३०, २०७८ सोमवार
  • १९:२६:०५ बजे
  • 3.9K
    SHARES
  • ढोरपाटनमा पदको लोभ नगरी सबै एक ढिक्का हुने गठबन्धन दलको नेताका प्रतिवद्धता 

    बुर्तिबाङ : आगामी स्थानिय तहको निर्वाचन नजिकिँदै गर्दा ढोरपाटन नगरपालिकामा रहेका विभिन्न ६ दलीय गठवन्धन थप सक्रिय पूर्वक निर्वाचन लक्षित आफना कार्यक्रममा अगाडि  बढेको छ ।  

    ढोरपाटन नगरपालिकामा नेकपा एमालेका विरुद्धमा विभिन्न ६ दलले चुनावी सहकार्य गरेर अगाडि  बढ्ने उद्देश्य सहित आफनो कार्यक्रमलाई अगाडि  बढाइरहेका छन । सोमबार बुर्तिबाङ बजारमा साबिक बुर्तिबाङ गाविस स्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण मुलक कार्यक्रम सम्पन्न गरेका दलहरुले अब क्रमशः सबै वडा, टोल –टोलमा पुगेर निर्वाचन मुलक कार्यक्रममा जोडिने बताउँदै ढोरपाटन नगरपालिकामा स्थानीय सरकारले गरेका हरेक खराव प्रबृर्तिको भण्डाफोर सहित गाउँगाउँमा पुगेर जनतालाई सचेत गराउने गरी अगाडि  बढ्ने नेताहरुले बताए  । 

    नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी, नेकपा एकिकृत समाजवादी, नेकपा क्रान्तीकारी माओवादी सहित ६ दलले आफुहरु सँयूक्त रुपमा गठबन्धन गरेर निर्वाचनमा जाने बताउँदै निर्वाचन लक्षित विभिन्न कार्यक्रम सुरु भइसकेको बताएका छन ।

     आयोजित कार्यक्रममा बोल्दै नेपाली काँग्रेस गण्डकी प्रदेश सदस्य अर्जुन शेरचनले ढोरपाटन नगरपालिकालाई पचास वर्षपछि धकेल्ने गरी नगर प्रमुख देवकुमार नेपालीले आफु मात्र उचो हुने काम गरेको भन्दै अव पनी जनता सचेत नभए ढोरपाटन नगरपालिका धेरै पछाडिपर्ने बताए । ढोरपाटन नगरमा शिक्षा, स्वास्थ, कृषि, पर्यटन तथा जनताका दैनिक जनजिवीकाका सवाललाई लत्याउँदै राज्यको स्रोत र साधनको चरम दुरुपयोग गरी मेयर देवकुमार नेपालीले आफना कार्यकर्तापोस्ने काम मात्र गरेको आरोप लगाए । उनले फरक प्रसँगमा बोल्दै जनताले काठ दिएर हलो वनाउन चुनावमा जिताएपनी हलोको सट्टा मुँग्रो बनाई छोडेको समेत बताए । अब गठबन्धन आफुहरु एकढिक्का भएर अगाडि  बद्ने बताउँदै कसैलाई पनि पदको भन्दा पनि ढोरपाटनमा देखिएको खराब प्रवृत्तिको अन्त्यको प्राथमिकता उच्च रहेको बताए ।

     कार्यक्रममा नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश सदस्य एवं ढोरपाटन नगर इन्चार्ज चन्द्रलाल अर्यालले आफुहरु फरक फरक दलबीच गठवन्धन गर्नुको एउटै तात्पर्य यहाँको खराव प्रवृर्तिलाई हराउनु नै हो ,‘हामी स्थानिय तह सुरु भएदेखि हालसम्म एकै ठाउँमा छौँ नगरपालिकाले गरेको कर वृद्धि, अराजक गतिविधी, चरम दुरुपयोगका विरुद्धमा गोलबन्द हुँदै आएको अवस्था छ अबको स्थानीय तह निर्वाचनलाई लक्षित गर्दे थप शसक्त भएर उभिनुको विकल्प नरहेको बताउँदै अब गाउँ –गाउँमा जनतालाई सचेत बनाउँदै कार्यक्रममा अगाडि  बढिने बढ्छौं ।’

     कार्यक्रममा राष्ट्रिय जनमोर्चा केन्द्रिय सदस्य गौरीश्वर पाण्डेले आफनो पाटीले निर्वाचनमा भाग लिने र यहाँको परिवेश अनुसार गठवन्धनमा राजमो समेत सरिक भएर ढोरपाटन नगरपालिकालाई भोली जनताको नगरपालिका बनाउने गरी अगाडि  बद्ने उदेश्यका साथ विभिन्न आस्था र सिद्धान्त बोकेका पार्टीहरु विच गठवन्धन भएको बताए । भोलीका दिनमा जनताको सरकार छ जनताको अधिकार रहन्छ र सबै नागरिक एकै हुन भन्ने खालको प्रत्याभुति दिलाउन र अहिले भइरहेको अनियमितता, राज्यको स्रोत र साधन माथिको दुरुपयोग एवं गरीब निमुखा जनतालाई कुल्चिएर गरिएको राजनैतिक व्यापारको अन्त्य गर्नका निम्ति आफुहरु अगाडि बढिसकेको बताउँदै पद लोभलालचमा नलागि खराब प्रवृर्तिको अन्यका निम्ति ६ वटै दल एकजुट हुनुपर्ने बताए । 

    आयोजित कार्यक्रममा जनता समाजवादी पार्टीको तर्फदेखि गंगाबहादुर घर्ती, नेकपा एकिकृत समाजवादीको तर्फदेखि राजेन्द्र विक, जनता समाजवादी पार्टीको तर्फदेखि शंकर कुवँरले बोल्दै आफुहरु समेत गठवन्धमा सहभागी भई यहाँको खराव प्रवृत्तिलाई निस्तेज पार्ने गरी अगाडि बढ्ने बताए । गठवन्धनले ढोरपाटन नगरपालिकामा भइरहेको अनियमितता, तथा दुरुपयोगको विषयमा १८ बुँदे प्रचार सहित जनतालाई बझाउने गरी ६ दलले हस्ताक्षर समेत गरेका छन ।

    आयोजित कार्यक्रममा नेपाली काँग्रेस ढोरपाटन नगर सभापती धन बहादुर कायतको अध्यक्षता, राजमो ढोरपाटन नगर संयोजक दिपक थापाको स्वागत, दिलमाया पौवीको मन्तव्य रहेको कार्यक्रम नेकपा माओवादी केन्द्र ढोरपाटन नगर अध्यक्ष भिम गौतमले सञ्चालन गरेका थिए ।  

     

  • सम्बन्धित विषय:

  • # ढोरपाटन
  • # महागठबन्धन

  • छबिलाल पाण्डे

    उहाँ बागलुङ पोस्ट डटकमका संवाददाता हुनुहुन्छ ।

    सम्बन्धित समाचार