ढोरपाटन : ढोरपाटन नगरपालिकामा वडा नं. ५ र ६ को शैखोलामा ६ दलीय गठबन्धनको अगुवा कार्यक्रता भेला तथा बैठक सम्पन्न भएको छ । प्रत्यक वडा र टोलटोलमा चैत्र २५ गतेसम्म अगुवा कार्यक्रता एवं जनभेटघाट कार्यक्रमलाई अगाडि बढाएका ६ दलले निर्वाचनलाई प्रभावकारी रुपमा अगाडी बढाउने गरी विभिन्न मिति तय गरी कार्यक्रम अगाडि बढाएका हुन ।
मंगलबार आयोजित कार्यक्रममा वडा नं. ५ र ६ मा आवद्ध ६ वटै दलका अगुवा कार्यक्रताको राय सुझाव सहित कार्यक्रम अगाडी बढाउँदै नेपाली काँग्रेस गण्डकी प्रदेश सदस्य अर्जुन शेरचन, नेकपा माओबादी केन्द्र गण्डकी प्रदेश सदस्य चन्द्र अर्याल, राष्ट्रिय जनमोर्चा केन्द्रिय सदस्य गौरीश्वर पाण्डे , नेकपा माओबादी केन्द्र दलीत मुक्ती मोर्चा ढोरपाटन नगर अध्यक्ष विर बहादुर वि.क., नेपाली काँग्रेस महादिवेशन प्रतिनिधी दिलमाया पौवी लागएतले बोल्दै गठवन्धन ढोरपाटनमा मेयर देवकुमार नेपालीले गरेको ज्यादतीको विरुद्धमा भएको बताउँदै स्थानिय सरकारले गरीरहेको मनोमानीको प्रर्दाफास गर्न र निर्वाचन मार्फत पराजय गराउनका निम्ती भएको बताउँदै अगामी बैसाख ३० गते हुने निर्वाचनलाई सफल पार्न र गठवन्धनका उमेद्वारलाई विजयी गराउने अगाडी बद्न कार्यक्रतालाई आग्रह गरीएको हो ।
सहभागी वक्ताहरुले ढोरपाटन नगरमा मेयर देवकुमार नेपालीले दलीत, गरीवको आडमा आफुमात्र उचाईमा पुग्ने र जनतालाई भ्रम प्रलोभनमा पारेर फेरी पाँचबर्ष चुनाव जित्ने गरी अगाडी बढेको बताउँदै अवपनी जनता सचेत नभए ढोरपाटन नगरपालिका ५० बर्ष जनताको हक अधिकार र विकासका हिसावले पछि पर्ने बताए ।
आयोजित कार्यक्रममा नेकपा क्रान्तीकारी माओबादीको तर्फदेखि गुञ्ज बहादुर घर्ती, जसपा जिल्ला उपाध्यक्ष तथा ढोरपाटन नगर सम्योजक गँगा बहादुर घर्तीमगर, प्रदेश सदस्य संकर कुवँर, एकिकृत समाजवादी पार्टीको तर्फदेखि राजु वि.क लगाएतले आफनो धारणा राख्दै गठवन्धनलाई एकजुट वनाएर लैजानु पर्ने बताएका हुन । कार्यक्रम नेकपा माओबादी केन्द्र ढोरपाटन नगर सम्योजक भिम गौतमको अध्यक्षता, नेपाली काँग्रेस ढोरपाटन नगर सभापती धन बहादुर कायतको स्वागत राष्ट्रिय जनमोर्चा नगर सभापती दिपक थापाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।