निसीखोलाको वनमा बडिगाडका स्थानीयले रुख फँडानी गरेको गुनासो 

निसीखोलाको वनमा बडिगाडका स्थानीयले रुख फँडानी गरेको गुनासो 

  • बैशाख १६, २०७९ शुक्रवार
  • ०८:०९:०८ बजे
  • 4.9K
    SHARES
  • निसीखोलाको वनमा बडिगाडका स्थानीयले रुख फँडानी गरेको गुनासो 

    बागलुङ : जिल्लाको निसीखोला—७ मा पर्ने वनमा बडिगाडका स्थानीयले जथाभावी वन फँडानी गरेको स्थानीयले गुनासो गरेको छन् ।

    निसीखोला गाउँपालिका—७ साविकको राजकुट गाविस वडा ८ अन्तर्गत पूर्णेकोट अन्तर्ग पर्ने ठाडोखुर्रे वनमा रहेका रुखहरु बडिगाड गाउँपालिका—१० का स्थानीयले जथाभावी फँडानी गरेको भन्दै स्थानीयले गाउँपालिकाका ध्यानाकर्षण गराएका छन् ।

    विगतदेखि नै निसीखोलामा पर्ने भए पनि दुबै पक्षका स्थानीयले उपभोग गर्दै आएको उक्त वनका बडिगाड तर्फका स्थानीयले सबै रुखहरु फँडानी गरेपछि बडिगाड गाउँपालिकामा जानकारी गराएको स्थानीयले बताए ।

    वन नै नाङ्गो हुनेगरी रुख काट्न रोकिनुपर्ने उनीहरुको माग छ । 

  • सम्बन्धित विषय:

  • # निसीखोला
  • # वन
  • # रुख फँडानी

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार