२५० किलो सुनाखरी सहित महिला पक्राउ 

२५० किलो सुनाखरी सहित महिला पक्राउ 

  • बैशाख १७, २०७९ शनिवार
  • २०:०८:४१ बजे
  • 4.5K
    SHARES
  • २५० किलो सुनाखरी सहित महिला पक्राउ 

    बागलुङ : जिल्ला प्रहरी कार्यालय बागलुङले बहुमुल्य सुनाखरी सहित एक महिलालाई पक्रा गरेको छ । जिल्ला प्रहरी कार्यालय बागलुङ र प्रहरी चौकी मालढुङ्गाबाट खटिएको प्रहरी टोलीले बानपा—१ मालढुङ्गाबाट शुक्रबार राती ८ बजेको समयमा सुनाखरी सहित महिलालाई पक्राउ गरेको हो । प्युठानको स्वर्गद्वारी नगरपालिका—३ स्थायी घर भएकी देवी केसीलाई फरक फरक तौल भएका १० बोरा जडिबुटी सहित शंकास्पद अवस्थामा फेला पारेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

    पक्राउ परेकी केसीलाई जिल्ला प्रहरी कार्यालयमा ल्याई अनुसन्धान गर्दा ती बोरामा कुल २५० किलो ४३७ ग्राम सुनाखारी भएको भेटिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले बताए । बहुमूल्य जडिबुटी ओसार पसार भैरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरीले चेकजाँच गर्दा उक्त मात्रामा सुनाखरी सहित त्यसका संलग्न व्यक्तिलाई समेत पक्राउ गरिएको उनले जानकारी दिए ।

     प्रहरीको प्रारम्भीक अनुसन्धानमा उक्त सुनाखरी बागलुङबाट काठमाडौ लैजान लागिएको भन्ने बुझिएको र थप अनुसन्धानको लागि डिभिजन वन कार्यालय बागलुङमा पठाउने तयारी भैरहेको रानाले जानकारी दिए । 

  • सम्बन्धित विषय:

  • # सुनाखरी
  • # पक्राउ

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार