पाँच दलिय गठबन्धनको बडिगाडमा दर्लिङ निगलपानीबाट निर्वाचन अभियान सुरु 

पाँच दलिय गठबन्धनको बडिगाडमा दर्लिङ निगलपानीबाट निर्वाचन अभियान सुरु 

  • बैशाख १८, २०७९ आइतवार
  • ०८:५४:५७ बजे
  • 3.7K
    SHARES
  • पाँच दलिय गठबन्धनको बडिगाडमा दर्लिङ निगलपानीबाट निर्वाचन अभियान  सुरु 

    बागलुङ : पाँच दलिय गठबन्धनको स्थानीय तह निर्वाचन अभियान बागलुङ बडिगाडमा वडा नम्बर १० दलिङ निगलपानीबाट सुरु भएको छ । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टीको संयुक्त उम्मेदवारहरुको घरदैलो तथा चुनावी कार्यक्रम निगलपानीबाट सुरु भएको हो । कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक राजिव घिमिरेले लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षाका लागि पाँच दलीय गठबन्धन बनेको बताए ।

     ‘अघिल्लो निर्वाचनमा हामीले बाम शक्तिहरुबीच तालमेल गरेर झण्डै दुई तिहाई बहुमतको सरकार बनायौं,’ उनले भने,‘दुई तिहाईको सरकार सञ्चालन गर्न नसकेर केपी ओलीले देशलाई प्रतिगमनतर्फ धकेल्दै संविधान मासेर देशलाई अन्धारमा पु¥याउन संसद विघटन गरेपछि देश र संविधानको रक्षाका लागि पाँच दलीय गठबन्धन बनेको हो । यो गठबन्धनले अबको स्थानीय र प्रदेश तथा संघीय निर्वाचनमा पनि केपी प्रवृत्तिलाई परास्त गर्नका लागि साझा उम्मेदवार तय गरेर अगाडि बढेको छ ।’ हिजो देशमा लोकतान्त्रिक गणतन्त्र ल्याउनका लागि कुनै भूमिका नखेलेका केपी ओलीको लोकतान्त्रिक आन्दोलनका योद्धाहरुमाथि गोली बर्साउने र दमन गर्ने कमल थापासंगको साँठगाँठले केपी ओली र नेकपा एमाले प्रतिगमनको मतियार भएको बताए । 

    कार्यक्रममा नेपाली काँग्रेस बागलुङकी सचिव एवं बडिगाड गाउँपालिकाका पाँच दलीय गठबन्धनका अध्यक्ष पदका उम्मेदवार गण्डकी थापा अधिकारीले बडिगाडको समग्र विकासका लागि आफुहरु अगाडि बढेको बताईन् । ‘बडिगाड गाउँपालिका अथाह सम्भावना हुँदा हुँदै पनि पछि परेको छ,’ उनले भनिन्,‘विकासको स्पष्ट खाका तयार पारेर पाँच वर्षमा गाउँपालिकालाई व्यस्थीत र विकाससित गराउने योजना बनाएका छौं ।’ उनले बडिगाडको शिक्षा स्वास्थ्य, स्वरोजगारको क्षेत्रमा आफुहरुले विशेष ध्यान दिने बताईन् ।

     कार्यक्रममा गाउँपालिका उपाध्यक्षका उम्मेदवार भीमसेन वनले पाँच वर्षमा जनताले अनुभूति गर्नेगरी काम गर्ने प्रतिवद्धता जनाए । वडाध्यक्षका उम्मेदवार वीरेन्द्र बुढाले पनि आफ्नो पाँचवर्षे योजना र प्रतिवद्धता जानकारी गराए । कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सदस्य अर्जुन खेरल, जिल्ला सदस्य कृष्णबहादुर घिमिरे, सरस्वती आचार्य, प्रदेश महाधिवेसन प्रतिनिधि सुमित्रा घिमिरे, नेकपा माओवादी केन्द्रका बडिगाड गाउँपालिका उपाध्यक्ष शक्तिराम थापा, राष्ट्रिय जनमोर्चाका इश्वर विक लगायतले बोलेका थिए ।

     कार्यक्रम रेशु थापाको अध्यक्षता टेकु थापाको सञ्चालनमा सम्पन्न भएको थियो । बडिगाड गाउँपालिका अध्यक्षमा पाँच दलिय गठबन्धनबाट रुख चिन्ह लिएर अध्यक्षमा गण्डकी थापा अधिकारी, उपाध्यक्षमा भीमसेन वन उम्मेदवार बनेका छन् । बडिगाड—१० उपल्लो दर्लिङमा हँसिया हथौडा चिन्ह लिएर वीरेन्द्र बुढा अध्यक्ष, ईश्वर विक र राजेन्द्र थापा खुला सदस्य चन्द्रिका रास्कोट िमहिला सदस्य तथा सीमा विक दलित महिला सदस्यमा उम्मेदवार बनेका छन् ।

     निगलपानीमा कार्यक्रम सम्पन्न भएपछि शनिबार नै दर्लिङ गाउँमा पनि गठबन्धनले चुनावी सभा सम्पन्न गरेको छ । आईतबार गठबन्धनले वडा नम्बर ६ मा चुनावी कार्यक्रम गर्दैछ । 

    सम्बन्धित समाचार