छोराको जन्मदिनमा पाँच लाखको बीमा पोलिसी उपहार

छोराको जन्मदिनमा पाँच लाखको बीमा पोलिसी उपहार

  • पौष १७, २०७७ शुक्रवार
  • २२:३६:१३ बजे
  • 5.6K
    SHARES
  • छोराको जन्मदिनमा पाँच लाखको बीमा पोलिसी उपहार

    बागलुङ : जन्मदिनमा विभीन्न कार्यक्रम गर्ने रमाईलो गर्ने चलन नेपाली समाज बढ्दैछ ।

    गलकोटकी मिना चोखालले भने आफ्नो छोराको जन्मदिनमा छोरालाई बीमा पोलिसी उपहार प्रदान गरेकी छिन् ।

    जन्मदिनको अवसरमा केक काट्ने विभीन्न उपहार दिने क्रम तोडेर उनले यस्तो गरेकी हुन् ।

    आफ्नो सन्तानको उज्ज्वल भविष्यको कामना गर्दै उनले महालक्ष्मी इन्स्योरेन्सको ५ लाखको बीमा पोलिसी छोरालाई उपहार दिएकी हुन् । इन्स्योरेन्स बागलुङ शाखा कार्यालयमा उनले छोरा सागर चोखालको २१ औ जन्मोत्सवको अवसर उक्त उपहार प्रदान गरेकी हुन् ।

    आमाले आकस्मिक रुपमा बीमा पोलिसीउपहार प्रदान गरेपछि अत्यन्तै खुसी लागेको बताउँदै  सागरले अहिले सम्मकै उत्कृष्ट उपहार आमाले प्रदान गरेको प्रतिक्रिया दिए ।  

    नेपालमा कान्छो जीवन वीमा कम्पनीको रुपमा स्थापित भएको महालक्ष्मी लाईफ इन्स्योरेन्सले आफ्नो व्यवसाय विस्तारसँगै भावनात्मक रुपमा समेत साथ दिने गरेको कम्पनीका कर्मचारी घनश्याम चालिसेले बताए ।

    उपहार प्रदान कार्यक्रममा कम्पनीका एजेन्सी म्यानेजर यमुना बस्याल, अभिकर्ता नरमाया विक र अभिकर्ता मिना थापाले सागरलाई शुभकामना दिएका थिए । 

     

  • सम्बन्धित विषय:

  • # जन्मदिनमा
  • # बीमा पोलिसी उपहार

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार