गलकोट ११ रिघामा एमालेका डम्बर श्रीस विजयी

गलकोट ११ रिघामा एमालेका डम्बर श्रीस विजयी

  • बैशाख ३१, २०७९ शनिवार
  • १८:००:३७ बजे
  • 2.5K
    SHARES
  • गलकोट ११ रिघामा एमालेका डम्बर श्रीस विजयी

    बागलुङ : गलकोट नगरपालिका–११ रिघामा नेकपा एमालेका डम्बर श्रीस विजयी भएका छन् । वडाध्यक्ष पदमा गठबन्धनका उम्मेदवारलाई पछि पार्दै उनी विजयी भएका हुन् ।

    श्रीसले ९७३ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी गठबन्धन तर्फका राष्ट्रिय जनमोर्चाका उम्मेदवार दलबहादुर बुढाथोकीले ७०९ मत प्राप्त गरे । महिला वडा सदस्यमा कुन्ती थापा, दलित महिला सदस्यमा ताराकुमारी सार्की, खुला सदस्यमा तेजेन्द्र पुन र यमबहादुर सार्की विजयी भएका छन् ।

    चारै जना वडा सदस्य गठबन्धनका उम्मेदवार विजयी भएका हुन् । रिघाबाट नगरप्रमखुमा गठबन्धनका भरत शर्मा गैरेले ८२० र एमालेका पूर्ण काउचाले ६८९ मत पाएका छन् ।

    स्वतन्त्र उम्मेदवार मन्जु शर्मा चालिसेले १७० मत पाईन् । उपप्रमुखमा गठबन्धनका फमलाल निउरेले ७७७ र एमालेकी रुपा विकले ७६१ मत प्राप्त गरेकी छिन् । 

  • सम्बन्धित विषय:

  • # गलकोट
  • # रिघा
  • # डम्बर–श्रीस

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार