बागलुङ : जिल्लाको काठेखोला गाउँपालिका—१ पालामा नेपाली काँग्रेसका उम्मेदवार खडक थापा विजयी भएका छन् । पाँच दलीय गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनेका थापा दोस्रो कार्यकालका लागि पुनः वडाध्यक्षमा विजयी भएका हुन् ।
उनले ९१५ मत प्राप्त गरी विजयी हुँदा नेकपा एमालेका गोविन्दबहादुर खड्काले ५१८ मत प्राप्त गरेका छन् । अन्य सदस्यमा पनि गठबन्धन प्यान नै विजयी भएको छ । महिला सदस्यमा देवी थापा मगर, दलित महिला सदस्यमा तारा किसान, खुल्ला सदस्यमा गोविन्द थापा मगर र डिलबहादुर जिसी निर्वाचित भएका छन् ।
गाउँपालिका अध्यक्षमा गठबन्धन तर्फबाट काँग्रेसका राजु थापा र उपाध्यक्षमा राजमोका तिलक पुनले अग्रता कायम गरेका छन् ।