गलकोट नगरपालिका—२ मा काँग्रेसका हिमबहादुर भण्डारी विजयी 

गलकोट नगरपालिका—२ मा काँग्रेसका हिमबहादुर भण्डारी विजयी 

  • जेठ १, २०७९ आइतवार
  • ०८:१६:५२ बजे
  • 3.0K
    SHARES
  • गलकोट नगरपालिका—२ मा काँग्रेसका हिमबहादुर भण्डारी विजयी 

    बागलुङ : जिल्लाको गलकोट नगरपालिका—२ मा नेपाली काँग्रेसका हिमबहादुर भण्डारी विजयी भएका छन् ।  वडा नम्बर २ नरेठाँटीमा ५ दलिय गठबन्धनको प्यानल भारी मतान्तर सहित विजयी भएका हुन् ।  ५ दलिय गठबन्धनको तर्फबाट अध्यक्ष पदमा नेपाली काँग्रेसका उम्मेदवार हिम बहादुर भण्डारी (हेमन्त) सहितको प्यानल विजयी भएको छ ।

    भण्डारीले ७ सय ६३ मत प्राप्त गरि विजयी भएका हुन । उनका निकटतम प्रतिद्धन्दि नेकपा एमालेका टंक कार्कीले ३ सय ८५ मत प्राप्त गरेका छन । खुल्ला सदस्य उमेश नेपालीले ७ सय २, रुद्र सिंह श्रीसले ६ सय ५४, महिला सदस्य मिना श्रीसले ७ सय ८३ र दलित महिला सदस्य ज्ञानु परियारले ७ सय ७९ मत प्राप्त गरेका छन ।

  • सम्बन्धित विषय:

  • # गलकोट
  • # हिमबहादुर भण्डारी

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार