थम्मन थापा : जिल्लाको गलकोट नगरपालिका—१० पाण्डवखानीमा ५ दलीय गठबन्धनको प्यानल भारी मतान्तर सहित विजयी भएको छ । ५ दलिय गठबन्धनको तर्फबाट अध्यक्ष पदमा नेपाली काँग्रेसका उम्मेदवार भक्त बहादुर काउचा सहितको प्यानल विजयी भएको निर्वाचन कार्यालयले जनाएको छ । काउचाले ९ सय ७२ मत प्राप्त गरी विजयी भएका हुन ।
उनका निकटतम प्रतिद्धन्दि नेकपा एमालेका रामप्रसाद पुनले १ सय २८ मत प्राप्त गरेका छन । त्यस्तै खुल्ला सदस्य कुमार पुनले ९ सय ३०, हरी काउचाले ९ सय २५, महिला सदस्य मन कुमारी श्रीसले ९ सय ६१ र दलित महिला सदस्य करिश्मा परियारले ९ सय ६७ मत प्राप्त गरेका छन ।