आर्थिक सहयोग

३५ वर्ष उत्तर गंगा माविमा काम गरेका कुमाललाई युवाहरुको साढे दुई लाख बढी सहयोग 

३५ वर्ष उत्तर गंगा माविमा काम गरेका कुमाललाई युवाहरुको साढे दुई लाख बढी सहयोग 

  • जेठ २०, २०७९ शुक्रवार
  • १९:४४:२९ बजे
  • 5.4K
    SHARES
  • ३५ वर्ष उत्तर गंगा माविमा काम गरेका कुमाललाई युवाहरुको साढे दुई लाख बढी सहयोग 

    बुर्तिबाङ : उत्तरगंगा नमुना माध्यमिक विद्यालयमा ३५ वर्ष कार्यालय सहयोगीको रुपमा काम गरेका ढोरपाटन नगरपालिका डा नम्बर २ का रामबहादुर कुमाललाई आर्थिक सहयोग भएको छ । ढोरपाटन नगरपालिका वडा नम्बर १ घर भई हाल वैदेशिक रोजगारीको सिलसिलामा दुवइमा रहेका सनम पौवी र हङकङमा रहेका राज श्रेष्ठको सक्रियतामा स्वदेश तथा विदेशमा रहेका व्यक्तिहरुबाट संकलन

    गरिएको २ लाख ८७ हजार ४ सय रुपैयाँ कुमाललाई हस्तान्त्रण गरिएको हो । लामो समयसम्म विद्यालयमा कार्यालय सहयोगीको रुपमा काम गरे पनि उमेर ढल्कँदै गर्दा आर्थिक अवस्था कमजोर रहेका कारण राहत स्वरुप आफुहरुले अभियान चलाएर रकम हस्तान्त्रण गरेको अभियान्ता सनम पौवीले बताए । बुर्तिबाङमा एक कार्यक्रमको आयोजना गरि वडा अध्यक्ष वान बहादुर छन्त्याल, समाजसेवी सोम बहादुर पौवी लगाएतको उपस्थितीमा कुमाल दम्पतीलाई ५७ हजार ४ सय नगद, प्रभु बैँकमा

    रामबहादुर कुमालको खाता खोली ३० हजार चल्ती खाता र २ लाख मुद्धती खातामा रकम जम्मा गरीदिएको सोम बहादुर पौवीले बताए । बुढेशकालमा आर्थिक संकट नआओस भन्ने उद्देश्यले व्याजबाट खर्च चलाउने गरी राम बहादुरकै अनुमतीमा बैँक खातामा रकम जम्मा गरिएको पौवीको भनाई छ । कुमालले ३५ वर्ष र उनी धर्मपत्नी अनकुमारी कुमालले २० वर्ष उत्तरगंगा नमुना माविमा कार्यालय सहयोगीको रुपमा काम गरेका थिए। 

    कुमाल करिब ७ वर्ष पहिले सेवाबाट अवकास लिएका थिए । उनलाई विद्यालयले दुई लाख ५० हजार रुपैयाँ रकम कल्याण कोषबाट उपलब्ध गराइएको विद्यालयका लेखापाल उत्तम बहादुर महतले बताए । उनकी श्रीमती अनकुमारी कुमाल समेत अवकास लिएपछी विद्यालयले ३ लाख ९६ हजार रुपैयाँ बैँक

    खातामा जम्मा गरि दिएको बताइएको छ । विद्यालयमा कार्यरत लेखापाल, कार्यालय सहयोगीका लागि कर्मचारी अवकास कोष स्थापना गरिएको र त्यही कोषबाट सुविधा दिने गरि रकम उपलब्ध गराइएको विद्यालयका प्रध्यानाध्यापक इश्वरी प्रसाद पौडेलले बताए । 


    छबिलाल पाण्डे

    उहाँ बागलुङ पोस्ट डटकमका संवाददाता हुनुहुन्छ ।

    सम्बन्धित समाचार