छन्त्यालको परिवारलाई गाउँपालिकाको सहयोग

छन्त्यालको परिवारलाई गाउँपालिकाको सहयोग

  • माघ १२, २०७९ बिहिवार
  • ०९:२३:३८ बजे
  • 3.6K
    SHARES
  • छन्त्यालको परिवारलाई गाउँपालिकाको सहयोग

    बागलुङ : बडिगाड गाउँपालिकाले विमान दुर्घटनामा ज्यान गुमाएकी निरा छन्त्यालको परिवारलाई आर्थिक सहयोग गरेको छ ।

    यही माघ १ मा पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा परी ज्यान गुमाएकी बडिगाड गाउँपालिका–३ सिसाखानीको छन्त्यालको परिवारलाई गाउँपालिकाले राहत स्वरुप रू ५० हजार उपलब्ध गराएको गाउँपालिका उपाध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिइन् ।

    गाउँपालिकाले लोक तथा दोहोरी गायिका छन्त्यालको परिवारलाई घरमै पुगेर सहयोग उपलब्ध गराएको थियो । यो राहत उनको परिवारको घाउमा मलहम लगाउने प्रयास भएको उनको भनाइ छ ।

    “हामीले एक जना राष्ट्रको गहना गुमाएका छौँ, यसबाट सिङ्गो राज्य स्तब्ध भएको अवस्था छ”, उनले भनिन्, “यस घडीमा उहाँको परिवारलाई सहयोगको आवश्यक छ ।” उहाँले छन्त्यालको परिवारलाई आगामी दिनमा पनि सहयोग गर्ने बताइन् ।


    बागलुङ पोस्ट

    सम्बन्धित समाचार