अनियमितता भएकाे शंका

ढोरपाटन बाढी पीडितको राहतमा गडबड : आयव्यय सार्वजनिक गर्न आलटाल   

ढोरपाटन बाढी पीडितको राहतमा गडबड : आयव्यय सार्वजनिक गर्न आलटाल   

  • जेठ १६, २०८० मंगलवार
  • २१:१६:१० बजे
  • 17.6K
    SHARES
  • ढोरपाटन बाढी पीडितको राहतमा गडबड : आयव्यय सार्वजनिक गर्न आलटाल   

    बुर्तिबाङ : ढोरपाटन नगरपालिकाले तीन वर्ष अगाडि बाढी पीडितका लागि दाताहरुले संकलन गरेको रकमको आयव्यय अहिलेसम्म सार्वजनिक गरेको छैन । आर्थिक आयव्याय बाहिर ल्याउन खाता सञ्चालकहरुले चासो नदिएको भन्दै पीडितहरुले गुनासो गरेका छन् । पीडितको गुनासो आएपछि कानुनी प्रक्रियाबाट अनुसार जाने ढोरपाटन नगरपालिकाका उपप्रमुख तथा न्यायिक समितिका संयोजक धन बहादुर कायतले बताए ।  

    वि.सं. २०७७ भदौ १७ गतेको बाढीका कारण ढोरपाटन नगरपालिका–७, ८ र ९ मा ठुलो मानवीयसहित भौतिक क्षति भएको थियो । पीडितलाई राहत दिन विभिन्न दाताहरुले संकलन गरेको रकम ढोरपाटन नगरपालिकाले एकद्धार प्रणालीबाट वितरण गर्ने निर्णय गरेको थियो । स्वदेश तथा विदेशमा रहेका १२० दाताहरुले कुल २ करोड २७ लाख रकम र जिन्सी नगरपालिकामा हस्तान्त्रण गरेका थिए । गत २०८० जेठ ७ गते १९ जना बाढी पीडित र एक जना सहयोगीदाताले ढोरपाटन  नगरपालिकाको न्यायिक समितीमा आयव्यय सार्वजनिक गर्न निवेदन दिएका थिए ।  

    एकद्वार प्रणालीमार्फत पीडितलाई राहत वितरण गर्नका लागि नगरप्रमुख देवकुमार नेपाली, पूर्व नगर उपप्रमुख कर्मती पुन, कर्मचारी चण्डी प्रसाद पौडेलसहित सहित सात जना कार्यपालिका सदस्यको बैठकले बुर्तिबाङ स्थित ग्लोबल आइएमी बैँकमा खाता खोल्ने निर्णय गरेर खाता खोलेका थिए ।

     उक्त खातामा कुल दुई करोड ७४ लाख २ सय ८९ रुपैयाँ १३ पैसा जम्मा भएको पाइएको छ । बाढी पीडितले दिएको उजुरीपछि ढोरपाटन नगरपालिका उपप्रमुख तथा न्यायिक समिीतका संयोजक कायत, सदस्य गोपाल महत र तम बहादुर महतको बैठकले खाता सञ्चालक पूर्व उपप्रमुख कर्मती पुन र कर्मचारी चण्डीप्रसाद पौडेललाई तत्काल एकद्वार प्रणालीमा आएको आम्दानी र खर्च विवरण बिल भरपाइसहित सार्वजनिक गर्न गत जेठ १० गतेलाई पहिलो पटक समय दिइएको थियो ।

    दोश्रो पटक जेठ १४ गते र तेश्रो पटक जेठ १६ गतेलाई गरि ३ पटक सयम दिँदासमेत हालसम्म पनि वास्तविक तथ्यसहितको विवरण सार्वजनिक नसकेको भन्दै मंगलबारको बैठकले पीडितको उजुरीलाई टेकेर कानुनी प्रक्रियामा जाने तयारी गरेको सदस्य गोपाल महतले बताए । न्यायिक समितिद्वारा ग्लोवल बैँकमा एकद्धार प्रणाली राहात कोषका लागी खोलिएको खाताको स्टेटमेन्ट पाउँ भनी निवेदन दिइएकोमा मंगलबार बैँकले समितिलाई स्टेटमेन्ट उपलब्ध गराएको थियो ।

    उक्त स्टेटमेन्ट अनुसार कुल १२० जनाले दुई करोड ७४ लाख २ सय ८९ रुपैयाँ १३ पैसा जम्मा भएको छदेखिन्छ । नगरप्रमुख नेपालीको ठाडो आदेशमा उक्त खाता बन्दसमेत गरिएको पाइएको छ । जम्मा भएको रकम मध्ये कुल १७ वटा चेकबाट रकम निकासा गरिएको छ । जसमा १० वटा चेकबाट निवर्तमान उपप्रमुख कर्मती पुनको नाममा दुई करोड ४५ लाख ४१ हजार २ सय ८९ रुपैयाँ १३ पैसा निकासा भएको पाइएको हो ।  

    ६ वटा चेक राम बहादुर घर्तीको नाममा २५ लाख ५९ हजार र रुपाल घर्तीको नाममा ३ लाख रुपैयाँ निकासा गरिएको समितिले निकालेको तथ्याङ्कमा उल्लेख गरिएको छ । आफुहरुले तीन पटकसम्म अवसर दिँदासमेत वास्तविक तथ्याङ्क सार्वजनिक नगरेपछि कानुनी कारवाही अगाडी बढाउने तयारि गरिएको कायतले बताए ।

    नगरपालिकाबाट भएको कार्यक्रममा पालिकामा विल भरपाई हुनुपर्नेमा पालिकामा समेत नराखी व्याक्तिगत रुपमा राखिएको र पटक पटक निवेदन गर्दा समेत तथ्य सहित नआएका कारण आफुहरुले कानुनी प्रकृया खोज्नुपर्ने वाध्यता भएको कायतको भनाई छ ।  

  • सम्बन्धित विषय:

  • # ढोरपाटन बाढी पीडित

  • छबिलाल पाण्डे

    उहाँ बागलुङ पोस्ट डटकमका संवाददाता हुनुहुन्छ ।

    सम्बन्धित समाचार