अनियमितता

ढोरपाटनका फरार मेयर देवकुमारविरुद्ध ५ सय ८९ उजुरी

ढोरपाटनका फरार मेयर देवकुमारविरुद्ध ५ सय ८९ उजुरी

  • जेठ २९, २०८० सोमवार
  • ०९:२१:१७ बजे
  • 7.2K
    SHARES
  • ढोरपाटनका फरार मेयर देवकुमारविरुद्ध ५ सय ८९ उजुरी

    बागलुङ : बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीविरुद्ध ५ सय ८९ उजुरी परेको छ । इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षसमेत रहेका नेपालीविरुद्ध आइतबार दिउँसोसम्म बचतकर्ताको ५ सय ८९ उजुरी परेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । मङ्गलवारदेखि उजुरी दर्ता सुरु भएकोमा आइतबार दिउँसोसम्म ५ सय ८९ बचतकर्ताले नेपालीविरुद्ध उजुरी दर्ता गराएका हुन् ।

    बागलुङ, गलकोट र बुर्तिबाङमा सहकारी सञ्चालन गरी झन्डै २ अर्ब रुपैयाँभन्दा बढी ठगी गरेर भागेको भन्दैसहकारीका अध्यक्ष देवकुमार नेपालीविरुद्ध बचतकर्ताले उजुरी दिएको जिल्ला प्रहरी कार्यालय बागलुङका डीएसपी मदन केसीले जानकारी दिए । ‘हालसम्म नेपालीविरुद्ध ५ सय ८९ उजुरी परेको छ, अहिले पनि उजुरी दिन आइराख्नुभएको छ,’ डीएसपी केसीले भने, ‘हालसम्म ७४ करोड ८८ लाख ६२ हजार ठगी गरेको उजुरी आएको छ ।’ सहकारीमा समस्या देखिएपछि अध्यक्ष नेपाली जेठ ५ गतेदेखि सम्पर्कविहीन छन् ।

    नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले इमेज सहकारीका अध्यक्ष नेपालीसहित कार्यवाहक अध्यक्ष डोरबहादुर परियार, सचिव सुनिल नेपाली, कोषाध्यक्ष लक्ष्मी सेन र सञ्चालक सदस्यहरू चित्रबहादुर भण्डारी, रूपा विक र झगबहादुर शाहीविरुद्ध बचतकर्ताहरूको अर्बौँ रकम अपचलन गरी संगठित ठगी गरेकाले उनीहरूविरुद्ध उजुरी लिन र अनुसन्धान अगाडि बढाउन जिल्ला प्रहरी कार्यालय बागलुङलाई जेठ १६ गते पत्राचार नै गरेका थियो ।

    सोहीअनुसारसहकारीका अध्यक्ष नेपालीविरुद्ध आवश्यक कागजात र प्रमाण जुटाएर उजुरी दिन जिल्ला प्रहरी कार्यालय बागलुङले गत जेठ २१ गते आग्रह गरेको थियो ।मेयर नेपालीले एक महिनाअघि विज्ञप्ति जारी गर्दै धेरै जना निक्षेपकर्ता रकम फिर्ता लिन आएकोले भुक्तानी दिन नसकिएको बताएका थिए । उनले बचतकर्तालाई धैर्य गर्न अनुरोध गरेका थिए ।

  • सम्बन्धित विषय:

  • # देव कुमार नेपाली

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार