वार्षिक बजेट

जैमिनीको बजेट ७१ करोड ८७ लाख २१ हजार ९९९ रुपैयाँ

जैमिनीको बजेट ७१ करोड ८७ लाख २१ हजार ९९९ रुपैयाँ

  • आषाढ १२, २०८१ मंगलवार
  • ०८:०६:२८ बजे
  • 1.9K
    SHARES
  • जैमिनीको बजेट ७१ करोड ८७ लाख २१ हजार ९९९ रुपैयाँ

    बागलुङ : बागलुङको जैमिनी नगरपालिकाले ७१ करोड ८७ लाख २१ हजार ९९९ रुपैयाँको बजेट ल्याएको छ । उपप्रमुख हरिहर शर्माले प्रस्तुत गरेको बजेटमा चालु गत खर्च तर्फ ५२ करोड ४९ लाख ६५ हजार र पूँजीगत खर्च तर्फ १९ करोड ३७ लाख ५६ हजार ९९९ रुपैयाँ विनियोजन भएको छ । नगरपालिकाले आर्थिक विकास तर्फ एक रोकड ९६ लाख, पूर्वधार विकास तर्फ ६ करोड ५१ लाख र सामाजिक विकास तर्फ तीन करोड ७४ लाख विनियोजन गरेको छ ।  

    कृषि, पर्यटन र शिक्षालाई प्राथमिकतामा राखेको नगरपालिकाले सेरा जाउँ, केरा खाउँ नारासहित केरा पकेट क्षेत्र घोषणा गर्ने भएको छ । नगरपालिकालाई मासु, दुध, मह, सुन्तला र केरामा आत्मनिर्भर बनाएर नागरिकलाई आय आर्जनसँग जोड्ने नीति कार्यक्रममा उल्लेख छ । 

    कृषि उत्पादनको ब्राण्डिङ, प्याकेजिङ र लेबलिङ गर्ने नगरपालिकाले नीति लिएको छ । पशुपालक किसानालाई बढी प्रतिफल दिने गरि नश्लसुधारका कार्यक्रम संचालन गरिने नगर प्रमुख नरबहादुर पुनले बताउनुभयो । भूमि बैंक स्थापनाको संभाव्यता अध्ययन गरिने र कृषि मजदुर परिचालन गरि बाँझो जमिनको उपयोग गरि उत्पादकत्व बढाउने भएको छ । 

    भेडापालक कृषकलाई प्रोहोत्सान गर्ने, हल गोरु पाली व्यवसायिक खनजोत गर्ने किसानलाई प्रोहोत्सान गर्ने कार्यक्रम निरन्तरता दिने नीति तथा कार्यक्रममा उल्लेख छ । रैथाने बिउ बिजन संरक्षणका लागि बिउ बैंक स्थापना गर्ने, काष्ठजन्य फलफूल र मसलाबाली विकास जोड दिने कार्यक्रममा समावेश छ । 


    बागलुङ पोस्ट

    सम्बन्धित समाचार