बागलुङ : नेपाल पत्रकार महासंघ बागलुङमा सुविधा सम्पन्न आधुनिक सूचना केन्द्र उद्घाटन गरिएको छ ।
प्रभु बैंकको सहयोगमा निर्माण गरिएको आधुनिक सूचना केन्द्रको आईतबार बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले उद्घाटन गरेका हुन् ।
पत्रकार महासंघका नयाँ भवन निर्माणसंगै अहिले १० वटा कम्प्युटर राखेर आधुनिक सूचना केन्द्र बनाईएको छ ।
उद्घाटन कार्यक्रममा बोल्दै प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले राजनीतिक समाचार मात्र प्रथामिकता नदिई युवा तथा समाजलाई सरकारात्मक बाटोमा डो-याउने खालको समाचार लेख्न आग्रह गरेको छन् । यहाँको उद्योग व्यवसाय र प्रवद्र्धनका लागि भूमिका खेल्न समेत पत्रकारलाई आग्रह गरे ।

शेरचनले यो आधुनिक सूचना केन्द्रलाई गलकोट, बुर्तिबाङ तथा कुस्मीसेरामा पनि स्थापना गर्ने गरी पहल गर्न आग्रह गर्दैै त्यसका लागि बैंकले आवश्यक सहयोग गर्ने बताए । कार्यक्रममा बौल्दै जिल्ला प्रशासन कार्यालयका प्रमुख सुरेश न्यौपानेले आधुनिक प्रविधीको प्रयोग गरी सही सूचना सही समयमा प्रवाह गर्न आग्रह गरे ।
उनले सही समयमा सही सूचना दिँदा ठूल ठूला विपत्ती र समस्याहरुबाट पनि जोगिन सहयोग पुग्ने उनको भनाई छ ।
पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीषले भवन निर्माणपछि अर्को ठूलो सपना आधुनिक सूचना केन्द्रको स्थापना प्रभु बैंकसंगको सहकार्यले सम्भव भएको बताए । उनले सूचना केन्द्र पत्रकारका लागि नभई आम नागरिक समाजका लागि पनि खुला गरिने जानकारी गराए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका निवर्तमान अध्यक्ष मुकेशचन्द्र राजभण्डारी, उपभोक्ता मञ्चका बागलुङका अध्यक्ष शैलेन्द्र श्रेष्ठ लगायतले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमा पत्रकार महासंघ बागलुङ साखाका कोषाध्यक्ष विजय रानाको स्वागत मन्तव्य, पत्रकार महासंघ बागलुङ साखाका सचिव
राम थापा ‘अविरल’ को सञ्चालन तथा पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष दिल शिरीषको अध्यक्षतामा सम्पन्न भएको थियो ।