नयाँ विश्वद्वारा ज्येष्ठ नागरिकलाई न्यानो कपडा प्रदान

नयाँ विश्वद्वारा ज्येष्ठ नागरिकलाई न्यानो कपडा प्रदान

  • पौष १९, २०७७ आइतवार
  • २३:०८:०३ बजे
  • 4.5K
    SHARES
  • नयाँ विश्वद्वारा ज्येष्ठ नागरिकलाई न्यानो कपडा प्रदान

    बागलुङ : नयाँ विश्व अनलाईन ज्येष्ठ नागरिकका लागि न्यानो कपडा प्रदान गरेको छ ।

    नागरिक सञ्चार प्रालिद्वारा सञ्चालित अनलाईनले आईतबार एक जना ज्येष्ठ नागरिकका लागि न्यानो कपडा वितरण गरेको हो ।

    प्रभु बैंकका कार्यकारी अधिकृत अशोक शेरचनले न्यानो कपडा ज्येष्ठ नागरिकलाई वितरण गरैका थिए ।

    कार्यक्रममा बोल्दै शेरचनले जाडोमा दिईएको कपडा ज्येष्ठ नागरिकका लागि सम्मान समेत भएको बताए । ज्येष्ठ नागरिकले आर्जन गरेको अनुभव र सिपलाई नयाँ पुस्ताले सिकेर समाज विकासका लगाउनुपर्नेमा उनको जोड थियो ।

    उनले बागलुङलाई केन्द्रमा राखेर खेलकुद, साहित्य, व्यापार, ऊर्जा र पर्यटनको क्षेत्रमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपाने, नयाँ विश्व डटकमका अध्यक्ष पुष्पमान श्रेष्ठ, नयाँ विश्व डटकमका उपाध्यक्ष तथा विद्यामन्दिर मावि व्यवस्थापन समितिका अध्यक्ष सुवासचन्द्र राजभण्डारी, ज्येष्ठ नागरिक संघका सल्लाहकार देवबहादुर श्रेष्ठ लगायतले बोलेका थिए ।

    कार्यक्रम नयाँ विश्व डट कमका सम्पादक मुकेशचन्द्र राजभण्डारीले गरेका थिए ।

    न्यानो कपडा वितरणका लागि विभीन्न संघ संस्था र व्यक्तिहरुले सहयोग गरेको नयाँ विश्व डटकमले जनाएको छ । 

     

    सम्बन्धित समाचार