बागलुङ :जिल्लाको गलकोटमा क्यानोनिङ सञ्चालनका लागि गण्डकी प्रदेश सरकारले १० लाख बजेट विनीयोजन गरेको छ ।
गलकोट नगरपालिका स्थीत वडा नम्बर ३ को सहश्र झरनामा क्यानोनिङ सञ्चालनका लागि आवश्यक पूर्वाधार तयार गर्न गण्डकी प्रदेश सरकारको उद्योग, वन वाताबरण तथा पर्यटन मन्त्रालयले बजेट छुट्याएको हो ।
केही दिन अगाडी झरनाको स्थलत अवलोकन गरेका मन्त्री विकास लम्सालले १० लाख छुट्याए गलकोट—३ का वडाध्यक्ष विरजंग भण्डारीले बताए ।
मन्त्रीले लम्सालले अघिल्लो महिना बागलुङका अधिकाँस स्थानीय तहमा पुगेर त्यहाँ सञ्चालित योजना र पर्यटकीय सम्भावनाका क्षेत्रहरुको अवलोकन गरेका थिए ।
बागलुङमा पत्रकार भेटघाट कार्यक्रम उनले सहश्र झरनाको पर्यटन सम्भवना बारेमा चर्चा समेत गरेका थिए ।
गलकोट नगरपालिका—३ ले विगतमा उक्त झरनामा क्यानोनिङको परिक्षण गरेर त्यस क्षेत्रमा पूर्वाधार निर्माणको प्रयास थालिसकेको छ ।
परिक्षणको क्रममा उक्त क्षेत्र क्यानोनिङका लागि उपयुक्त देखिएकोले त्यसलााई नियमित सञ्चालनमा ल्याउन
पहिले अन्य पूर्वाधारहरुको तयारी गर्नु आवश्यक देखिएको वडाध्यक्ष भण्डारीले बताए ।