काठेखोलाका महिलालाई मौरी घार उपहार

काठेखोलाका महिलालाई मौरी घार उपहार

  • माघ २५, २०८१ शुक्रवार
  • ०९:४५:२२ बजे
  • 4.0K
    SHARES
  • काठेखोलाका महिलालाई मौरी घार उपहार

    बागलुङ  : बागलुङको काठेखोला गाउँपालिकाले महिला लक्षित कार्यक्रम अन्तर्गत  वडा नम्बर ४ तङग्राममा गत २२ गते देखि शुरु गरिएको  ३ दिने मौरी पालन सम्बन्धि तालिमको विहिबार एक कार्यक्रमका साथ सम्पन्न गरेको हो । उक्त महिला उद्यमसिलता  कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष राजु थापाले देश समृद्धि बनाउनको लागि भौतिक र पुर्वाधारको मात्रै विकास गरेर सम्भव छैन देश विकासको लागि समावेशी विकासको आवश्यकता भएको बताए । 

    थापाले भने “ पालिकाले सबै समावेशी विकासमा जोड गरि स्थानीयलाई सीप युक्त , दक्ष र आत्मनिर्भर बनाउनको लागि भौतिक र पुर्वाधारमा मात्रै जोड नदिएर यस्ता खालका तालिम कार्यक्रमको लागि प्राथमिकता दिएको  बताए । उक्त तालिममा सहि वडाका  २० जना व्यवसायिक  महिलाहरुलाई  छनोट गरि दक्ष प्रक्षिक  बाट ३ दिने व्यवसायिक  र व्यवस्थापन सम्बन्धि तालिम दिई मौरी सहितको २० वटा मौरी घार वितरण गरिएको थियोे ।

    कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तेज बहादुर थापा तिलक , वडा अध्यक्ष  लक्षमण पुन , गाउँपालिका प्रवक्ता टीका संगम विक , वडा सदस्य नर बहादुर पुन  लगाएतले मौरी घारको सहि सदुपयोग गरि पुर्ण व्यवसायिक बन्न शुभकामना दिएका थिए । 

    पालिकाको  गत बर्ष  विभिन्न वडाहरुमा कुक सम्बन्धि तालिम, मकैको भुत्लाबाट हस्तकलाका सामाग्रीहरु बनाउने, तालिम र चप्पल बनाउने तालिम गरिसकेको  र   यस वर्ष महिला लक्षित कार्यक्रम अन्तर्गत महिलाहरुको सीप विकासको लागि वडा नम्बर १ र ६ मा  १६÷ १६ जनाको उपस्थितिमा १० दिन सम्म  मादल बजाउने र हार्मुनियम बजाउने सम्बन्धि तालिम सम्पन्न गरि सकेको  र वडा नम्बर ८ लेखानीमा कृषि सम्बन्धि तालिम गर्ने बताइएको छ ।

    कार्यक्रम स्थानीय महिला समन्वय समिति संयोजक सुन्तली विश्वकर्माको  अध्यक्षता , वडा सदस्य सम्झना थापाको स्वागत र  महिला तथा बालबालिका शाखा प्रमुख रस्मी गौतमको सन्चालनमा सम्पन्न भएको थियो ।

  • सम्बन्धित विषय:

  • # मौरी

  • नवराज नेपाली

    उहाँ बागलुङ पोस्ट डटकमका सम्वाददाता हुनुहुन्छ ।

    सम्बन्धित समाचार