आर्थिक

गलकोट नगरपालिकाको बागलुङमा सबैभन्दा कम बेरुजु 

गलकोट नगरपालिकाको बागलुङमा सबैभन्दा कम बेरुजु 

  • जेठ २, २०८२ बिहिवार
  • १६:२२:५६ बजे
  • 7.0K
    SHARES
  • गलकोट नगरपालिकाको बागलुङमा सबैभन्दा कम बेरुजु 

    बागलुङ : बागलुङमा सबैभन्दा कम बेरुजु गलकोट नगरपालिकाको देखिएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/०८१ को प्रतिवेदन अनुसार गलकोट नगरपालिकाको १ करोड १८ लाख ७२ हजार रुपैयाँ बेरुजु देखिएको छ ।

    सबैभन्दा बढी जैमिनी नगरपालिकाको देखिएको छ । जैमिनी नगरपालिकाको ६ करोड ७ लाख १६ हजार रुपैयाँ बेरुजु देखिएको छ । महालेखाको प्रतिवेदन अनुसार बागलुङ नगरपालिकाको ४ करोड ४५ लाख ७९ हजार रुपैयाँ, ढोरपाटन नगरपालिकाको ६ करोड ७ लाख १६ हजार रुपैयाँ बेरुजु देखिएको छ । काठेखोला गाउँपालिकाको ३ करोड ९७ लाख ११ हजार रुपैयाँ, तमानखोला गाउँपालिकाको १ करोड २० लाख ९० हजार रुपैयाँ, ताराखोला गाउँपालिकाको २ करोड २८ लाख ४५ हजार रुपैयाँ बेरुजु देखिएकोे छ ।

    निसीखोला गाउँपालिकाको १ करोड ४८ लाख २६ हजार रुपैयाँ, बडिगाड गाउँपालिकाको १ करोड ७३ लाख ६३ हजार रुपैयाँ र बरेङ गाउँपालिकाको ७७ लाख ७७ हजार रुपैयाँ बेरुजु भएको महालेखाको वार्षिक प्रतिवेदनमा उल्लेख छ । जिल्लाभरका स्थानीय पालिकाको २५ करोड ७२ लाख रुपैयाँ बेरुजु देखिएको छ ।

     


    बागलुङ पोस्ट

    सम्बन्धित समाचार