विभिन्न पेशामा अब्बल काठेखोलाका ९ दलित अगुवा सम्मानित 

विभिन्न पेशामा अब्बल काठेखोलाका ९ दलित अगुवा सम्मानित 

  • जेठ २२, २०८२ बुधवार
  • २२:१८:२७ बजे
  • 2.6K
    SHARES
  • विभिन्न पेशामा अब्बल काठेखोलाका ९ दलित अगुवा सम्मानित 

    बागलुङ : सामाजिक विभेद विरुद्धको जागण आर्थिक समृद्धि र सशक्तीकरण हाम्रो अभियान भन्ने मुल नाराका साथ जिल्लाको काठेखोला गाउँपालिकामापनि  १९ औं जातीय भेदभाव तथा छुवाछूत उन्मुलन दिवस  एक कार्यक्रमका साथ  सम्पन्न गरिएको छ । कार्यक्रममा बोल्दै  गाउँपालिका अध्यक्ष राजु थापाले  देशमा कानुन परिवर्तन भएता पनि समाज परिवर्तन नहुँदा छुवाछुतको अन्त्य हुन नसकेकोमा दुःख व्यक्त गरे  ।

    कार्यक्रममा उद्घाटन गर्दै थापाले नेपालमा गरिबी, अशिक्षा,धर्म तथा अन्धविश्वासको कारणले पनि नेपालबाट जातीय विभेद तथा छुवाछुतको अन्त्य नभएको बताए ।  “थापाले भने,‘ पालिकाले विगतका वर्षदेखि नै  दलित घरपरिवारका सदस्यहरुलाई  निशुल्क स्वास्थ्य बिमा कार्यक्रम, अगुवा व्यवसायीहरु अनुदानका कार्यक्रमहरु,  गरिब दलितका छोराछोरीहरुलाई निशुल्क प्राविधिक शिक्षा जस्ता धेरै गरिब दलित  लक्षित कार्यक्रम गरिएको र हाल पालिका भित्र रहेको दलित कृषकहरु दुधलाई  पनि पालिकाले सबैको खरिद गर्ने गरि कलेक्सन सेन्टर बनाउन लागेको बताए । 

    कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तेज बहादुर   थापा (तिलक), गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत चुर्ण बहादुर कार्की , जिल्ला प्रशासन बागलुङका प्रशासकीय अधिकृत खिम बहादुर विक , पालिकाको सामाजिक विकास संयोजक खड्क बहादुर थापा , वडा नम्बर ३ का अध्यक्ष कुल बहादुर विक , गाउँपालिका प्रवक्ता टीका संगम विक, कार्यपालिका सदस्य गिता विक , दलित संघ बागलुङका अध्यक्ष तारा बहादुर विक , स्थानीय दलित  अगुवा गणेश नेपाली लगाएले  राज्यले जातीय भेदभाव तथा छुवाछुत उन्मुलन कानुन बनाएर घोषणा गरेको भए पनि कानुन फितलो भएको र व्यक्तिको सोचाईमा सकरात्मक परिवर्तन नआउदा दलितले जातीय विभेद र छुवाछुतको घटना व्येहोर्न बाध्य भएको बक्ताहरुले बताएका थिए ।

    उक्त कार्यक्रममा  पालिका भित्रका नौ विधामा आधारित रहि सफल काम गर्दै आएका व्यक्तिहरुलाई सम्मान गरिएको थियोे । सम्मानित हुनेहरुमा जिल्ला प्रशासन कार्यालय बागलुङका प्रशासकिय अधिकृत खिमबहादुर विश्वकर्मा, एसइइ  २०८० को उत्कृष्ट  विद्यार्थी प्रभा विक, आयुर्वेदिक  व्यावसायिक  याम कुमार नेपाली , उत्कृष्ट कालिगढ रविलाल विक, पत्रकार  लक्ष्मी परियार, उत्कृष्ट ग्रिल व्यावसायी भिम बहादुर विक , फर्निचर व्यवसायी  चुमानसिंह विक ,जुत्ता व्यवसायी  गुमानसिंह नेपाली,  फर्निचर व्यावसायी खडक बहादुर किसानलाई सम्मान गरिएको थियोे । सोही कार्यक्रममा  घरबिहिन  लक्ष्मी दर्जीलाई खाद्यान्न सहयोग र  पालिका भित्रका  प्रत्येक वडाबाट एक जना  दलित गरिब र जेन्दार विद्यार्थीहरुलाई छनोट गरी  एक वर्षसम्म पुग्नेगरी लागि स्टेशनरी र झोला वितरण गरिएको थियोे ।

    कार्यक्रम स्थानिय दलित समन्वय समिति काठेखोलाको अध्यक्ष पूर्णमाया सुनारको  अध्यक्षता , स्थानीय दलितकर्मी भिम किसानको स्वागत र महिला तथा बालबालिका शाखाका प्रमुख रश्मी गौतमको सञ्चालनमा सम्पन्न भएको थियोे ।

  • सम्बन्धित विषय:

  • # काठेखोला

  • नवराज नेपाली

    उहाँ बागलुङ पोस्ट डटकमका सम्वाददाता हुनुहुन्छ ।

    सम्बन्धित समाचार