बागलुङ : “कृषि तथा पशु विकासमा आधारित सानाकिसान तथा युवा उद्यमशिलता विकास आत्मनिर्भर बागलुङ कार्यक्रम “ अन्तरगत शनिबार बागलुङ नगरपालिका ५ मालिकामा बाख्रा उपहार कार्यक्रम सम्पन्न भएको छ । बागलुङ नगरपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोग , नेपाल गाजा डेभलपमेन्ट फाउन्डेसन बागलुङको व्यवस्थापनमा उक्त कार्यक्रम गरिएको थियोे ।
कार्यक्रममा बोल्दै बागलुङ नगरपालिकाको नगर प्रमुख बसन्त कुमार श्रेष्ठले मान्छे नै नबस्ने ठाँउमा धेरै विकास भैसक्यो अब भौतिक पुर्वाधारको विकास गर्न भन्दा यस्ता खालको कार्यक्रमले जनजिवन बदलिने र निकै प्रभावकारी हुने बताए । उनले भने “ यस्ता खालका स्वरोजगार कार्यक्रमले धेरै किसानहरु तालीम प्राप्त पनि हुने र आफ्नो व्यवसायलाई बढाएर राम्रो प्रगति गर्न सकिन्छ ।’
उनले आगामी आर्थिक बर्षमा नगरपालिकाले आमा र बच्चाको लागि पोषण कार्यक्रम पनि ल्याउन लागेको नगर छोरी कार्यक्रम पनि प्रभावकारी भएको बताउदै सबै उपस्थित कृषि आमा समूहहरुलाई आफ्नो व्यवसाय बढाउन आव्हान गर्दै कृषि र पशु क्षेत्रमा नगरपालिकाले अझै धेरै भन्दा धेरै कार्यक्रम ल्याएर प्रत्यक्ष किसानहरुलाई सहयोग गर्ने बताए ।
कार्यक्रममा सहि वडाका अध्यक्ष हरि प्रसाद शर्मा, नेपाल गाजा डेभलपमेन्ट फाउन्डेसन बागलुङका अध्यक्ष यम प्रसाद कँडेल, नगरपालिका पशु शाखा प्रमुख मित्रलाल सापकोटा , महिला तथा बालबालिका शाखा प्रमुख रचना आचार्य, वडा सदस्य चक्रवाणी शर्मा, हेफर प्रोजेक्टका वरिष्ठ अधिकृत डाक्टर राजेन्द्र ढकाल, कुमार खड्का लगायतले कार्यक्रममा शुभकामना मन्तव्य राखेका थिए ।
मालिकामा एक बर्ष अगाडि २० वता बाख्रा प्रदान गरेको र त्यही बाख्राको पाथीलाई अन्य २० जनालाई उपहारको रुपमा प्रदान गर्ने कार्यक्रम भएको नेपाल गाजा डेभलपमेन्ट फाउन्डेसन बागलुङकि कार्यक्रम व्यवस्थापक ममिता पुनले बताईन् । उनले नगरपालिका भरी एक सय चार वटा बाख्रा उपहार प्रदान गर्ने कार्यक्रम भएको र महिलाहरूको स्वावलम्बनको लागि महिनाको एक पटक मितिङ बसेर बचत गराउन सिकाउनुका साथै , तालिमहरुको व्यवस्थापन प्राविधिक सहयोग जस्ता काम गर्दै आएको र कृषकहरुका लागि टनेल पलास्तिक घरहरू पनि वितरण गरेको बताईन् ।
प्रगतिशील स्वावलम्बी महिला समूहकि मिरा किसानले यस स्वावलम्बी उपहार कार्यक्रमले समुह गठन गर्न सिकाएर आफुहरु अगाडी आएर परिचय दिन नसक्ने अवस्थाका भएको र अहिले अगाडी आएर बोल्न सक्ने , बचत गर्न सिक्ने भएको बताईन् । उनले यस कार्यक्रम आधुनिक गोठ खोर बनाउन, सरसफाइ र मल व्यवस्थापन गर्नका लागि पनि राम्रो सहयोग पु¥याएको बाख्राहरुलाई औसधि दाना पानी खुवाउन, घाँस खुवाउनको लागि पनि राम्रो खालको तालिम दिएको बताईन् ।
कार्यक्रम नमुना स्वावलम्बी आमा समुहकी अध्यक्ष कृष्ण कुमारी क्षेत्रीको अध्यक्षता, समुहकि सदस्य सीता रेग्मीको स्वागत र सिर्जनशील स्वावलम्बी आमा समूहको सचीव लक्ष्मी आचार्यको सन्चालनमा सम्पन्न भएको थियोे ।