अग्नीपीडितलाई लायन्स क्लब निसीखोलाको सहयोग

अग्नीपीडितलाई लायन्स क्लब निसीखोलाको सहयोग

  • कार्तिक ११, २०८२ मंगलवार
  • ०९:०८:२७ बजे
  • 3.8K
    SHARES
  • अग्नीपीडितलाई लायन्स क्लब निसीखोलाको सहयोग

    बागलुङ : बागलुङको निसीखोला गाउँपालिका–१ पाखापानीका अग्नीपीडित हुमबहादुर विकको परिवारलाई लायन्स क्लब अफ निसीखोलाले सहयोग गरेको छ । गत कार्तिक ८ गते विकको घरमा अचानक घरमा आगलागी हुँदा जलेर नष्ट भएको थियो ।

    खाद्यन्न तथा लत्ता कपडा भाँडाहरू सबै जलेर नष्ट भएपछि क्लवले  भाँडाकुँडासहित आर्थिक सहयोग गरेको क्लबका अध्यक्ष अशोक कार्कीले जानकारी दिए । क्लबले रु ५० पचास हजार बराबरको राहत सामग्री अग्नीपीडित विकको परिवारलाई हस्तान्तरण गरेको कार्कीको भनाइ छ ।

    क्लबले सहयोग अभियानमा निसीखोला गाउँपालिका– २ का समाजसेवी डाल बहादुर कुँवरले रु ५ हजार, ढोरपाटन नगरपालिका– १ बुर्तिबाङका विमल कुँवर र उनकी श्रीमती पार्वती पाण्डे कुँवरले चार हजार गरि रु ९ हजारसमेत हस्तान्तरण गरिएको थियो ।

    राहत हस्तान्तरण कार्यक्रममा प्रथम उपाध्यक्ष भरत पुन, द्वितीय उपाध्यक्ष चेतराम पौडेल, तृतीय उपाध्यक्ष, डाल बहादुर कुँवर, सचिव शिव कार्की लगायतको उपस्थितिमा राहत हस्तान्तरण गरिएको थिया ।


    बागलुङ पोस्ट

    सम्बन्धित समाचार