ठगी

युनिटी लाइफ ठगी प्रकरणका दोषी बागलुङका महेन्द्र केसी पक्राउ

युनिटी लाइफ ठगी प्रकरणका दोषी बागलुङका महेन्द्र केसी पक्राउ

  • चैत्र २७, २०८२ शुक्रवार
  • २०:२१:५८ बजे
  • 4.0K
    SHARES
  • युनिटी लाइफ ठगी प्रकरणका दोषी बागलुङका महेन्द्र केसी पक्राउ
    फाइल तस्बिर

    काठमाडौं । युनिटी लाइफ इन्टरनेसनल लिमिटेड ठगी मुद्दामा सर्वोच्च अदालतसमेतबाट दोषी ठहर भएर फरार रहेका सञ्चालक महेन्द्र केसी पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले शुक्रबार केसीलाई काठमाडौंको सामाखुसीबाट पक्राउ गरेको जनाएको छ ।

    बागलुङ नगरपालिका–३ स्थायी ठेगाना रहेका ५२ वर्षीय केसी हाल काठमाडौं महानगरपालिका– २६ सामाखुसीमै बस्दै आएका थिए । युनिटी लाइफको ठगी मुद्दामा केसीविरुद्ध सर्वोच्च अदालतको २०८२ वैशाख २ गतेको फैसलाले २५ हजार जरिवाना र दुई वर्ष ६ महिना कैदको सजाय सुनाएको थियो । उनी सजाय सुनाउनुअघिदेखि नै फरार रहेको प्रहरीले जनाएको छ ।

    पक्राउपछि उनलाई सजाय कार्यान्वयन गराउन प्रहरीले जिल्ला अदालत ललितपुरमा पेस गरेको सीआईबीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # पक्राउ

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार